https://www.youtube.com/embed/IFldLmMTnBo

दग्नाम गाउँको चिनारी गीतको भिडियो सार्वजनिक

Hollywood Khabar August 21,2018 Comments

बागलुङको माटोले जन्माएका मूजिक भिडियो निर्देशक पुष्कर बिवेक थापाको पछ्ल्लो निर्देशन र गायिका गीता पाइजाको आवाज रहेको नयाँ गीत दग्नाम गाउँको चिनारीको भिडियो सार्बजनिक भएको छ।

नृत्य, गायन र बाद्यबादनमा पनि त्यत्तीकै राम्रो कला भएका बहुप्रतिभाका धनी निर्देशक पुष्कर विबेक थापाको उत्कृष्ट निर्देशन, गायिका गीत पाइजाको सुमधुर आवाज रहेको दग्नाम गाउँको चिनारी म्युजिक भिडियो भर्खर मात्र सार्वजनीक भएको हो ।

खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका गीता पाइजा र गायक  गगन पुनको सुमधुर आवाज, आँसु लामाको लय, रहेको म्यूजिक छन। नमुना गर्बुजा, देवी शेेर्पुन्जा, रिना गर्बुजा, बिमा गर्बुजा, गगन पुन, प्रकाश् गर्बुजा, निर्मल गर्बुजा, मनोज गर्बुजाको अभिनय रहेको छ। करन चौसिरको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको यो गीत बेलायतमा रहेका गीतकार, गायक बिल पुर्जा पुन मगरको बनेको हो।