-डनबादी ओली र गनबादी प्रचण्ड

डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले लाशको कमिशन माग्न थाले

Hollywood Khabar June 16,2020 Comments

कृष्ण के सी/अमेरिका/६/१७/२०

जसको सिद्धान्त नै ध्वंस गर्ने र मान्छे मारेर राज्य-सत्ता लिने आतंकबाट आउने व्यक्तिबाट अध्यक्षता गरेको नेकपाबाट नेपालले अपेक्षा गर्ने कुरा पनि लाश नै हो। जसको शक्तिको श्रोत नै गुण्डागर्दी, रौँ रौँमा कमिशन, भ्राष्टाचार, बलत्कार, लुट, झुट र आतंक छ उसले चलाएको सरकारबाट नागरिकले गर्ने अपेक्षा पनि अशान्ति र असुरक्ष नै हो। त्यसैले डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले गुण्डागर्दी गर्दै लाशको पनि कमिशन खान थालेको छ।

नेपाली राजनीतिमा दूरदर्शी राजा पृथ्वी नारायाण शाह थिए। चलाखमा राष्ट्रप्रमुख महेन्द्र थिए। अनि साधुमा राष्ट्रप्रमुख चाहिँ बिरेन्द्र मानिन्छन। त्यसैगरी पंचायत कालखण्डमा राष्ट्रभक्त बनेका तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाइ अहिले सम्म कसैले पनि उछिनेको छैनन।

पछिल्लो राजनीतिमा चाहिँ गुण्डाराज चलाउनमा दक्षिण एशियामा नै माथ गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मानिन्छन। उनले तेल्गु फिल्मलाइ पनि उछिनेका छन्। जबसम्म उनि खड्ग प्रसाद ओली थिए तब सम्म राष्ट्रभक्त र नागरिकका बोलि बोल्थे। जहिले देखि उनि केपी शर्मा ओली भए तब उनि धम्कि र चुट्किले फट्याइंमा राज गर्न थाले। उनले गुण्डाहरुलाई छाडा साँढे र बन्चरो छलेर भागेको राँगो जस्तो बनाएर छाडेका छन्। त्यो पनि कानुनि संरक्षण दिएर। यसको नतिजा नागरिकको लाशमा पनि कमिशान खान थालेका छन् गुण्डाहरु र त्यसको भाग लिन्छन ओली र प्रचण्ड अन्यथा यस्तो हुने कदापि थिए। देश बाहिर नेपालीहरुको २०० भन्दा धरै लाश हुन लागे। तर पनि त्यो लाशको कमिशन नमिलेकाले देश ल्याउन अनुमति दिंदैन ओली नेतृत्वको सरकार।

नेपाली समाजमा मारकाटको आतंकलाई संस्थागत रुपमा सुरु गर्ने व्यक्ति चाहिँ पुष्प कमल दाहाल अर्थात प्रचण्ड हुन्। प्रचण्ड भन्नाले देख्दैमा डरलाग्ने अत्यधिक भन्ने अर्थमा बुझिन्छ। तर धार्मिक शास्त्रको ब्याख्या अनुसार प्रचण्ड भनेको भगवान शिवको संहार गण अर्थात कसैलाई नष्ट गर्ने बिकराल स्वरुप हो। आफैंले रोजेको नाम अनुसारकै काम पनि गरे प्रचण्डले, त्यो कुरा छर्लङ्ग नै छ। हत्याको नाइकेलाई जेल पठाएर सजायँ गर्नुको सट्टा नेपाली राजनीतिमा प्रधानमन्त्रीको कुर्सी पुरस्कार स्वरुप थमाउनु नै पहिलो गल्ति हो।

जुन व्यक्तिले मान्छेहरुको ठूलो संख्यामा हत्या कसरी गर्ने भन्ने प्लान बनाएर त्यसैलाई प्रयोग गरेर हजारौं नेपाली मारेर आए उनीबाट नागरिकको सुरक्षा हुन सक्छ भन्ने विश्वास कसरी सहि हुन्थ्यो र ? यो कुरा सैनिक सिद्धान्तको विपरित र न्यायिक सिद्धान्तको खिलापमा अनि नागरिक जीवनको विपक्षमा छ। अहिले आएर त्यो कुरा प्रमाणित नै भैसकेको छ। यसको शिकारमा अहिले पूर्व माओवादीहरु पनि परेका छन्।

लाशलाइ ल्याउन पनि ओलीका गुण्डा दलालहरुले एजेन्ट तोकेर कानुनी रुपमा नै कमिशन माग्न थालेका छन्। त्यसैले कोरोनाले भन्दा उनीहरुको कारण लाश बिदेशमा अलपत्र परेका छन्। कमाउन गएको व्यक्ति विदेशमा मर्दा त्यो घरमा कस्तो हालत होला। मर्ने त मरिहाल्यो तर उनका परिवारका सदस्य हरेक दिन अलि अलि गरेर मरेका छन्। रुवाई-रुवाइ मारिएका छन्।

बैदेशिक रोजगार ऐनमा बिदेशमा ज्यान गुमाए या विपत्तिमा परे उनीहरुलाई कल्याणकारी कोष या सरकारी खर्चमा उद्धार गरेर ल्याउनु पर्ने ब्यबस्था छ। त्यसका लागि उनीहरुले १५०० सुपैयाँ हरेक दुइ/दुइ बर्षमा तिर्दै आएका थिए। त्यो तिरेको रकम नै ६ अरब भन्दा धेरै छ। उसै पनि सरकारको काम नागरिकको उद्धार र सुरक्षा गर्ने हो। त्यसको उल्टो भएको छ अहिले। घर ल्याउनु पर्ने लाशलाइ कानुनी ब्यबस्था हुँदा-हुँदै पनि लाशको कमिशन नपाएर विदेशमा लाश अलपत्र परेका छन्। यो हो केपी ओली सरकारको समृद्द नेपाल।

अहिले पूर्व नेपाल कम्यूनिष्ट पार्टी एमाले र पूर्व आतंकवादी माओवादि पार्टी एकताकेन्द्र मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले बनाएको दुइ अध्यक्षले फरक फरक धारको प्रतिनिधित्व गर्छन। एउटा गुण्डाराज्को अर्को हत्या-आतंकको। दुबैले नेतृत्व गर्ने दुइ-तिहाइको सरकाले नागरिकको रक्षा र शान्ती गर्ला भन्ने सोच्ने व्यक्ति भन्दा दुनियाँमा मुर्ख अरु कोहि हुन्न।

हाल आएर राजदूताबास र गैरआवासीय नेपाली संघलाइ एयर लायनस्हरुले भाडा रेट दिन छाडेका छन्। यसको कारण नेपाल सरकारले संभावित एयर लायन्सलाइ त्यसो गरे या आफूले तोकेको भन्दा सस्तो, निशुल्क या अन्य भाडा दर दिए-गरेमा फ्लाइट अनुमति नदिने पत्राचार गरेको सुन्नमा आएको छ। यदि लाइट गर्ने नै हो भने पनि चार्टर फ्लाइटको पनि टिकेट ओली सरकारले तोकेका व्यक्तिको एजेन्ट मार्फत काट्नु पर्ने भनिएको छ।

अजिवकै कुरा मान्नुपर्छ तिनै दुइ अतिबादीलाइ आदर्श मानेर बस्ने नेपालीहरु आफैं पिडित छन्। तर पनि उनीहरुले देश विदेशमा ओली र प्रचण्डको स्तुति गान गाउन छाडेका छैनन्। लाशको कमिशन खान कुरेर बसेका गिद्दहरु !

कृष्णार्पण !