तस्बिर साभार वेब

दाङको घोराहीमा चौबिसै घण्टा लकडाउन :उपभोग्य सामान उपभोक्ताको घरघरमा

Hollywood Khabar March 30,2020 Comments

१८ चैत्र  दाङ।दाङको सदरमुकाम घोराहीमा  चौबिसै घण्टा लकडाउन लागू भएपछि दैनिक आवश्यकीय वस्तुहरु  घरघरमा पुर्याैउन थालिएको छ।स्थानीय प्रशासनले दैनिक बिहान ६ देखि ९ बजेसम्म तीन घण्टाका लागि दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न सकिने समय तोकेकोमा अत्यधिक भिडभाड र सङ्क्रमणको जोखिम भएका कारण पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको हो ।पूर्ण रुपमा लकडाउन भएपछि वडा नम्बर १४ र १५ को समन्वयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले उपभोक्ताहरुको घर घरमा दैनिक खाद्य वस्तुहरु पुर्याउन थालेको हो ।

चामल, तरकारी, नुन, तेल, दाल, दुध, फलफुल, पिठो, साबुन र च्याउ जस्ता सामानहरु उपभोक्ताको घरघरमा पुर्याउउन थालिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो। यसका लागि १२ वटा गाडी र एउटा मोटरसाइकल प्रयोगमा ल्याइएको छ। गाडीहरु माइकिङ गर्दै प्रत्येक टोल टोलमा जाने र घरमा बस्नेहरुले गेटबाटै समान खरिद गर्ने व्यवस्था मिलाइएको छ ।तत्कालका लागि बजारमा बचत अवस्थामा रहेका खाद्यान्नहरु पसलकै मूल्यमा बिक्क्री हुने व्यवस्था गरिएको छ ।