स्टेज तताउन खप्पिस सरस्वती रकमा जम्ने दंगाली

Hollywood Khabar March 14,2017 Comments

सरस्वती लामा अर्थात सरु ऐलेकी ब्यस्त गायीका मध्येकी हुन्। लोक र आधुनिक गीतको स्वादमात्र लिएका दाङ्गका दंगालीहरुलाई पहिलो पटक केही हप्ता पहिला रक गीत गाएर रमझम गराउने रक गायीका सरस्वती लामा एक महिना भित्र मै दोश्रो पटक दाङ्ग पुगिन।

होली धमाकाका लागि लोक तथा रक गायकहरुको मिश्त्रित कार्यक्रम आयोजना गरिएको संगीत प्रेमी दंगालीहरुको बिशाल दर्शक समुहलाई रकमय बनाउने सरुलाई दंगालीहरुले नयाँ वर्षमा पनि गाउनका लागि बुक गरिसके।

उसै त होली तेस्मा पनि स्टेज तताउन खप्पिस सरुले गाउने क्रममा युबाहरु स्टेजमा नै चडेर नाच्न थाले।दाङ्ग नै उर्लेको थियो रकमा। “उर्वसी” मा अनि “उडी जाने हावाले” मा यस्तै यस्तै थेरै।