-दाङ देउखुरी डान्स आइडल सुरु हुने

दाङ देउखुरी डान्स आइडल सुरु हुने

Hollywood Khabar October 17,2019 Comments

एमआरडि डान्स इन्स्टिच्युटको आयोजना तथा डिटु कला केन्द्र लमहीको प्रायोजनमा कार्तिक २२ गते देखि दाङ देउखुरी डान्स आइडल" सुरु हुने भएको छ ।

एम.आर.डि डान्स इन्स्टिच्युटले विहिवार लमहीमा पत्रकार सम्मेलनको अायोजना गरि जानकारी गराएको हो । स्थानीय कला, प्रतिभाको उजागर तथा उत्कृष्ट डान्सर छनौट गर्ने उदेश्यले आइडल सुरु गर्न लागेको कार्यक्रमका इभेन्ट अर्गनाईजर दिपक बर्माले जानकारी दिए ।

कार्यक्रमको सेडुल अनुसार कार्तिक २२ गते दाङ्गको नारायणपुरमा पहिलो अडिसन हुनेछ । त्यस्तै २३ गते घोराही र ३० गते तुलसीपरमा अडिसन लिने कार्यक्रम भएको अर्गनाईजर बर्माले बताए । अडिसन जुनियर विभाग र सिनियर विभाग गरी २ चरणमा विभाजन गरिएको छ भने अडिसनमा प्रथम हुनेलाई नेपालकै उत्कृष्ट डान्सर राहुल शाहद्धारा १ महिना निशुल्क कक्षा उपलब्ध गराइने र नगद ५० हजार रुपैयाले सम्मानित गरिने अायोजकले बताएको छ ।

त्यस्तै दोस्रो कन्टेस्टेन्टले २५ हजार र त्यस्रो हुनेलाई १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । अडिसनको प्रशिक्षकमा धिरज दिवाकर र हेमन्त पाण्डे रहेका छन् । कार्यक्रमको अडिसन राउन्ड देखि फाईनल सम्मका कम्पिटिसन डान्सहरु बुद्द अावाज टेलिभिजन बुटवलले प्रसारण गर्नेछ ।