दसैंको पूर्व संध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।
आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्सक स्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।
गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा नेर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...