-डिसी मेट्रो कस्सियो सामुदायिक भवन बनाउन, सप्ताह महापुराणको तयारी

डिसी मेट्रो कस्सियो सामुदायिक भवन बनाउन, सप्ताह महापुराणको तयारी

Hollywood Khabar June 10,2019 Comments

आयोजकबाट/वाशिंगटन डिसी

वाशिंगटन डिसीमा सामुदायिक भवन बनाउने उद्देश्यले दान रकम संकलन हेतु आयोजना गर्न लागिएको सप्ताह महापुराणको तयारी पूरा भएको जानकारी आयोजकहरुले दिएका छन ।

सो महापुराण यही जुन २२ देखि २९ सम्म चल्ने भएको छ । सप्ताह महापुराण उत्तर भर्जिनिया, फेयरफ्याक्स शहरको ब्राडक रोडस्थित लोटस मन्दिरमा आयोजना हुने छ ।

महापुराण बाचनको लागि नेपालबाट पंडित दिनबन्धु पोखरेल र खडानन्द सापकोटा यही जुन १७ तारिक डिसी आइपुग्नु हुने जानकारी गराइएको छ ।

नेपाली अमेरिकन सामुदायिक भवन निर्माणको सहयोग़ार्थ आयोजित सप्ताह महापुराण तैयारी सम्बन्धमा छलफल गर्न डिसी क्षेत्रमा अहिलेसम्म दर्जन जति कन्फरेन्स कल र झण्डै त्यतिनै संख्यामा स्थानीय प्रत्यक्ष बैठकहरु गरिएका छन् ।

डी.सी. मेट्रो सप्ताह नाम दिइएको यो महापुराणको तयारीको लागि १२०७ सदस्यीय तयारी समिति गठन भएको र संख्या २ हजार पुग्ने अनुमान आयोजकले गरेका छन ।

डिसी क्षेत्रमा बन्ने सभा भवनको लागि कम्तिमा पनि साढे दुई मिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यसको लागि सभा भवन म्यानेजमेण्टले सकेसम्म बनिरहेकै भवन खरिद गर्ने तर नभए जग्गा किनेर आफ्नो भवन बनाउने तर्फ पनि सक्रियतापूर्वक पायक पर्ने स्थानमा जमीन खोजिभइरहेको जानकारी गराइएको छ ।

अहिलेसम्म करीव १० वटा मिटिंगहरु उत्तर भर्जिनियाका विभिन्न स्थानमा भएका छन् र यस क्षेत्रका सवैजसो नेपालीहरुको सहभागिता भैसकेको र कोही पनि यो अभियानमा छुटेका भए खुल्ला हृदयले सहभागी हुन अपील पनि गरिएको छ।

महापुराणराणको पहिलो दिन कलश यात्रा गरिने भएको छ र यसको लागि ४०० थान कलशहरु नेपालबाट ल्याइएको जनाइएको छ । यसैगरी गणेश मूर्ति १० थान, पूजा सामग्रीहरु, टिशर्टहरु र धार्मिक पूजाआजाका सामान पनि आइपुगेको जानकारी गराइएको छ ।

यस्तै महापुराण अवधिभर ब्यवसायिक स्पन्सरको पनि ब्यवस्था गरिएको र स्पन्सरको लागि १५ सय, १ हजार र ५ सय डलरको ब्यवस्था गरिएको जानकारी गराइएको छ।यसको लागि सम्पर्क गर्नुहुन ब्यबसायिक कम्पनीहरुलाई महापुराण आयोजक समितिले आह्वान गरेको छ ।

महापुराणको पहिलो दिन बेलुका जुन २२ तारिक करीब ४ सय कलश सहित हजार जना भन्दा बढी महिला तथा पुरुषहरुको सहभागितामा कलश यात्रा निकालिने भएको बताइएको छ । कलस सजाउन आवश्यक पर्ने फूलहरू हरेक कलस लिने ब्यक्तिलाई नै लिएर आउन अनुरोध गरिएको छ ।

सप्ताह अवधिभर ब्रतबन्धको लागि प्रति बटुक ७ सय शुल्क, गुन्हू चोलीको लागि ३ सय डलर, कर्ता बन्नको लागि ५ सय डलर र अन्य ग्रह शान्ति, स्वस्ती शान्ति आदि पूजाआजाको लागि ३ सय डलर दान गर्नु पर्ने जानकारी गराइएको छ । जमीन वा भवन खोजी कार्य महापुराण अवधि सम्ममा सम्पन्न हुनसक्ने जनाइएको छ ।