-मेलानको १६ औ स्थापना दिवसको अवसरमा ७ वटै प्रदेशहरूमा शान्ति दीप प्रज्वलन

मेलानको १६ औ स्थापना दिवसको अवसरमा ७ वटै प्रदेशहरूमा शान्ति दीप प्रज्वलन

Hollywood Khabar June 09,2021 Comments

हलिउडखबर, काठमाण्डौ, जुन १०, २०२१

मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो १६ औ स्थापना दिवसको अवसरमा ७ वटै प्रदेशका मुख्य शहरहरूमा दीप प्रज्वलन गरेको छ।

मेलानले जुन १०, २०२१ बुधबार साँझ विराटनगर, इटहरी, जनकपुर, सिराहा, विरगञ्ज, भरतपुर, हेटौडा, धुलिखेल, काठमाडौ, बुटवल, रुकुम, बाँके, सर्खेत, धनगढी लगायतका शहरहरूमा दीप प्रज्वलन गरेको छ।

कोभिड -१९ को महामारीमा ज्यान गुमाएका अंग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु लगायत अन्य विश्व भरिका मानव जातीको आत्माको चिर शान्तीको कामना गर्दे १ मिनेटको मौन धारण सहित दीप प्रज्वलन गरिएको मेलान अध्यक्ष राजेन्द्र खड्काले बताए।