-डेंगु नियन्त्रण गर्न ललितपुर महानगर घरदैलोमा जाँदै

डेंगु नियन्त्रण गर्न ललितपुर महानगर घरदैलोमा जाँदै

Hollywood Khabar August 29,2019 Comments

ललितपुर/१३ भदौ

ललितपुर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि ¥याली तथा घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

यहि शनिवार ललितपुर महानगरपालिकाको वडा नं. २८ हरिसिद्धीमा विहान ७ः३० देखि १० सम्म -याली आयोजना गर्ने तयारी भइरहेको ललितपुर महानगरको जनस्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य संयोजक सरिता महर्जनले वताइन्। त्यसैगरी शनिवार नै विहान ७ः३० देखि १० सम्म वडा नं. २९ हरिसिद्धिमा घरदैलो अभियान सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य संयोजक महर्जनले जानकारी दिइन् ।

ललितपुर महानगरभित्र बसोबास गर्ने महानगरबासीको स्वास्थ्यमा संवेदनशीलता अपनाउँदै महानगरले यो कार्यक्रम संचालन गर्न लागेको हो। देशका विभिन्न स्थानहरुमा डेंगुका बिरामी बढ्ढो अवस्थामा रहेको र पछिल्लो समय ललितपुर महानगर क्षेत्रमा पनि डेंगुका बिरामी देखिएकोले महानगरले सचेतना स्वरुप यो विशेष कार्यक्रम गर्न लागेको हो ।

डेंगु रोग डेंगु भाइरस भएका पोथी लामखुट्टेले टोकेपछि लाग्छ। फुल पार्नका लागि पोथी लामखुट्टेलाई पौष्टिक तत्व आवश्यक भएकाले मान्छेको रगत मार्फत उक्त पौष्टिक तत्व प्राप्त गर्न लामखुट्टेले मान्छे टोक्छ। यी लामखुट्टेले मान्छेलाई दिउँसो अर्थात उज्यालोमा टोक्छ। यो लामखुट्टे सेतो र कालो रङको हुन्छ। छिर्केमिर्के देखिन्छ। घरवरिपरिको घरवरिपरि जमेको पानीमा बस्छ। फुल पनि त्यही पानीमा पार्छ। यसले फुल पार्छ। सफा पानीमा यसले वृद्धिविकास गर्छ। डेंगुका भाइरस भएका लामखुट्टेले सिधै अगाडिबाट टोक्छ।

डेगु रोग लाग्न नदिनका लागि दिउँसोको समयमा सुत्दा पनि झुल हालेर सुत्नुपर्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने गर्नुपर्छ ।

डेगु लाग्दा आँखाको जोर्नीहरु दुख्छ । पखाला पनि लाग्छ । छालामा राता निला बिमिरा देखिन्छ। यी सामान्य लक्षण हुन् केही मानिसमा केही जटिलताहरु देखिन्छन्। छालामा रक्तश्राव हुने हुन्छ। मुखबाट, गिजाबाट रगत बग्छ। रक्तसंचार प्रणालीमा रगतको मात्रा कम हुन्छ।

रगतको कमी हुने र संवेदनशील अंगमा रगत पुग्ननसकेपछि बिरामीको मृत्यु हुन्छ । जटिल समस्या देखिएपछि बिरामीलाई अस्पतालमा नै भर्ना गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।