-देउवाद्वारा परिषद्को संवैधानिक परिषद्को बैठकमा नजान आग्रह

देउवाद्वारा परिषद्को संवैधानिक परिषद्को बैठकमा नजान आग्रह

Hollywood Khabar May 07,2021 Comments

नेपालको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसका सभापति शेर बहादुर देउबाले प्रधानमन्त्री केपी शर्मा ओलीले मे ९, २०२१ मा बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद सदस्यहरुलाई आग्रह गरेका छन्।

यसपूर्व नेपाली कांग्रेसले संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले मे ८, २०२१ शनिबार एक विज्ञप्ति जारी गर्दै सो बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरी पटक-पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेकोले यसलाई बहिस्कार गर्ने निर्णय गरेको छ। व

र्तमान सरकारले सरकारको अध्यादेशबाट ल्याएको यो प्रस्ताव संविधानको विशिष्ठ व्यवस्था र मूल भावना विपरित रहेको र त्यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको समेत गरेको छ। कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरि पटक-पटक अध्यादेश जारी गर्ने काम भएका छन्, देउबाको विज्ञप्तिमा उल्लेख गरिएको छ।