https://www.youtube.com/embed/Fhg5f4KsyAI

-बाबा सर्टमुभी

देउजाको बाबा सर्टमुभीले दर्शकलाई रुवायो

Hollywood Khabar March 24,2019 Comments

२०७५ ठोरी, १२ चैत्र

आफ्नो सन्तानको खुशीका लागि अभिभावकले कति सम्म गर्न सक्छन् भन्ने ज्वलन्त कथा वस्तु बोकेको लघु चलचित्र (सर्ट मुभी) हो बाबा।

युट्यूब मार्फत हालै सार्बजनिक बाबा सर्टमुभी हेर्ने सबै दर्शक भावुक बनेका छन् । चलचित्रले बाबा-छोरी बीचको मायालाई छर्लङ पार्ने काम गरेको छ। बाबा-छोरी वीचको प्रगाढ माया, स्नेह र प्रेमले भरिएको भावुक र मर्मस्पर्सी लघु चलचित्रले मन छोएको प्रतिक्रिया चलचित्र हेर्ने दर्शकहरुले दिएका छन् ।

लघु चलचित्रमा बाबाको भूमिकाको रुपमा ठोरीका सन्तोष देउजाले उत्कृष्ट भूमिका निर्वाहा गरेका छन्। सानी छोरीको रुपमा प्रनिशा बस्नेतले मर्मस्पर्सी अभिनय गरेकी छिन्।

सिनेमा हलसम्म पुगेर लामो समय खर्ची चलचित्र हेर्दै आइरहेका दर्शकहरु पछिल्लो समय यूट्यूब मार्फत सर्टमुभी तर्फ आकर्षित भइरहेका छन् । सर्टमुभी तर्फ दर्शकहरु आकर्षित भइरहेको समयमा देउजा अभिनित सर्टमुभी सार्वजनिक भएको हो । बाबाको भुिमिका निभाएका देउजाको अभिनयबाट दर्शकहरु समेत चकित परेका प्रतिक्रिया आएको उनले बताए।

लघु चलचित्र हेरेका दर्शकहरुबाट आएको प्रतिक्रियाले आफूलाई यस क्षेत्रमा लाग्न थप उत्साहित बनाएको देउजाले प्रतिक्रिया दिए । देउजाले भने, कला क्षेत्रमा लागेर अहिलेसम्म यतिको सन्तुष्टि कहिल्यै भएको थिइन । तर यो सर्टमुभी पछि दर्शकहरुले धेरै माया गरेर बधाई दिइरहनु भएको छ ।

सन्तानको खुसीका लागी अभिभावकको संघर्षलाई देखाउन खोजिएको लघुकथाको निर्देशन शावन शर्माले गरेका छन् । छायांकन भने बिएस मेकर्स स्टुडियोले गरेको हो ।