-प्रेम वली ढकलपुरे, दाङ, हाल काठमाडौं, जुन २६, २०२१

धन्य दारी

Hollywood Khabar June 25,2021 Comments

न कतै यसको अडाउने जरो छ

न कतै यसलाई अड्काउने पहरो छ

हैन यो दारीले के खाको छ ?

युरीया खाको छ कि पोटास पाकोछ ?

जति काटे पनि आकोछ आकोछ

 

उभो उभो जानु नि पीपलको लहरा जस्तो

झन उधो उधो पो जान्छ

मानौ यसले पनि रुखको जराले जस्तो, जमिनबाट पानी तान्छ

मही खानु प¥यो भने जुगाँलाई पनि लपक्क भिजाउँछ

म्वाइँ खानु प¥यो भने सिस्नु झैँ यसले किन बिझाउँछ ?

(यो चाही आप्mनै बुढीले भनेर थाहा पाएको है )

 

मासुमा उम्र्या हो कि छालामा उम्र्या हो

खै कसरी यो गालामा घुम्र्या हो ?

साधु, सन्त, जोगीलाई दारी पाल्नै पर्ने

तर आफुलाई चाहिँ दिनहँु फाल्नु पर्ने

बूढाका दारी बढ्दा बूढीलाई साह्रै चिन्ता पर्ने

मैल त भन्द्या छु,, पलाउँछ भने पालन तिमी पनि

किन मेरो दारीको इश्र्या गर्ने ?

 

काम न काज यो दारी फाल्दा

जीवन भरी कति दाम जान्छ जान्छ

न आ दारी भन्यो

भगवानले भनेको त मानेन यसले

मैले भनेको झन के मान्छ ?

 

अब पालौँ भने पनि कर लाग्ला भन्ने डर

खसी बोकाको दारीमा त लाग्यो रे

हाम्रो दारीमा न लाग्ला भन्ने के भर ?

न खुर्सानी बुटो जस्तो यसलाई उखलेर फाल्न सकिने

न बनमारा झारमा जस्तो डडेलो हाल्न सकिने

न कहिले नपलाउने पार्न सकिने

न अरुको गालामा सार्न सकिने

 

जति काटे पनि आको छ आको छ

अब पाल्ने कि फाल्ने ?

ठ्याक्कै संघियता जस्तो पो भाको छ ।

धन्य दारी

सकिएन तँलाई रोक्न कसैगरी

बढिराखेस् यसै गरी

बढिराखेस् त्यसै गरी ।।