तस्बिर वेब

धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको संरक्षण नेपाली सेनाले गर्ने

Hollywood Khabar June 14,2019 Comments

१ असार बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको संरक्षण नेपाली सेना र पुरातत्व विभागले गर्ने भएको छ।४ हजार ३ सय मिटर उचाईमा रहेको यो धाम नेपालका चार धाममध्ये एक मानिन्छ।

पुरातत्व विभाग र नेपाली सेनाले बहुवर्षीय योजना अन्तर्गत बडीमालिका क्षेत्रको संरक्षणसँगै मन्दिर लगायत पर्यटक बस्ने स्थल, खानेपानीको व्यवस्था गर्ने पुरातत्व विभागका प्रमुख दामोदर गौतमले बताए।

बिहिवार नेपाली सेना, पुरातत्व विभाग र प्राविधिकसहितको टोली हेलिकप्टर मार्फत बडीमालिका पुगेर स्थलगत अध्ययन गरेको हो।पहिलो चरणमा ३ करोड भन्दा बढी लगानीमा मन्दिर, सतल पाटि, खानेपानी लगायत अन्य व्यवस्थापन गर्नेछ।