-नेपाल धितोपत्र बोर्ड

धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको होड

Hollywood Khabar December 07,2019 Comments

२३ मंसिर, काठमाडौं ।नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन् ।सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्ने भन्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको थियो । समितिले आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयमा सिफारिस गर्ने योजना बनाएको छ ।आवेदन दिनेमा राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिएका  व्यक्ति नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्म ढुंगाना पहिलो नम्बरमा रहेको दाबि गरिएको छ ।
 
तेसैगरी अध्यक्षका लागि बोर्डकै वर्तमान कार्यकारी निर्देशक निरज गिरी तथा उपकार्यकारी निर्देशक नवराज अधिकारी,नेपाल स्टक एक्स्चेन्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक नीलसार मगर र ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापति लगायतलेअध्यक्षका लागि आवेदन दिएका छन् ।समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्त दिनेछ ।