परेलीको डिलबाट सुस्तरी चियाउँदै गरेको मज्जै बेग्लै

Hollywood Khabar March 31,2017 Comments

हातेमालो गर्दै जिन्दगीको खोली तरेको मज्जै बेग्लै
गामबेंसीका गीत सुसेल्दै ओराली झरेको मज्जै बेग्लै

मुस्कान होस या अट्टहास दुनियाँ पछि लागेकै छन्
ओठटोकी मुस्काउँदै नशालु आँखा तरेको मज्जै बेग्लै 

मन मन्दिरमा देउतासरि राखी पूज्न खोजे जसलाई
थाहैनदिई उहि दिल छेउमै वसाईं सरेको मज्जै बेग्लै

धड्कनसङ्गै चलमलाउँदै अनि छातीभरि सलबलाउँदै
परेलीको डिलबाट सुस्तरी चियाउँदै गरेको मज्जै बेग्लै
दिपक अभिमन्यू