- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)

सांसद दिपक मनाङे पक्राउ 

Hollywood Khabar January 22,2020 Comments

९ माघ,पोखरा। प्रहरीले  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)लाई पक्राउ गरेको छ । मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फ) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि गुरुङले प्रदेश सांसद मनाङेबिरुद्द  बुधबार दिएको उजुरीका आधारमा प्रहरीले  मनाङेलाइ पक्राउ गरेको हो  ।जिल्ला प्रशासन कार्यालय कास्कीको अनुमतिपछि सांसद मनाङेलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।