-अलबिदा दिपक बिष्टजी !

अलबिदा दिपक बिष्टजी !

Hollywood Khabar October 09,2020 Comments

हलिउडखबर, अमेरिका/१०/९/२०

बिहान उठ्दा नै पत्याउन नसकिने गरि केहि साथीहरुको फेसबुक स्टाटस पढें, मनले मानेन केहि नजिककाहरुलाइ सोधें तर पनि मनले मानेन दिनभरि नै सोच्च्दै बसें। अन्तत, पाटन क्याम्पस पढ्दाकी मित्र उसा के सी, हलिउडखबरकै सोनी शर्मा र अरु केहि व्यक्तिहरुसँग कन्फर्म गरेपछि यो दु:खद समाचार टाइप गर्दै-गर्दा मेरा औंला सहज भएनन्।

समकालीन समयका मित्र, मिलानसार, बहु प्रतिभा भएका, हलिउडखबरका लागि नियमित लेखक र नेपालका लागि कानुनी सल्लाहकार समेत रहेका दिपक बिष्टजी अब हामीबीच रहनुभएन। हलिउडखबरको स्थापनाकाल देखि नै सँगै रहनु भएका बिष्टजीको योगदान अमुल्य छ।

ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा ९, छम्पीमा जन्मेर हुर्कनु भएका, ललितपुर वार एशोसिएशनका निवर्तमान अध्यक्ष, कानुन ब्यबसायी, अधिवक्ता दिपक बिष्टको दु:खद निधन भएको छ। उहाँ कोरोनाको संक्रमणले गर्दा मेडिसिटी अस्पतालमा उपचार्थ हुनुहुन्थ्यो। विगत १४ दिनको भेन्टिलेटरमा रहंदा पनि फर्कन सक्नु भएन। अन्तत, उहाँ सबैलाई छोडेर जानुभयो। यो खबरले हामी हलिउडखबर टीम अत्यन्तै मर्माहित भएका छौं।

स्वर्गीय दिपक बिष्टजीको स्वर्गमा वास होस ! हार्दिक श्रद्धाञ्जली !

यस कठिन घडिमा उहाँलाई गुमाउनु पर्दाको पिडाको अवस्थामा उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।

अक्टुवर ९, २०२०