https://www.youtube.com/embed/ykqfuRusU-E

-डोलराज परीयारको सारी सुहाउने तीज गीत

डोलराज परीयारको सारी सुहाउने तीज गीत

Hollywood Khabar August 03,2019 Comments

हिन्दु महिलाहरुको मुख्य पर्व हरितालिका तीज नजिकिएलगत्तै विभिन्न खालका गीत बजारमा आउने क्रममा गायक डोलराज परियार र अमृता नेपालीको युगल आवाजमा साडी सुहाउने तीज कोसेली सार्वजनिक भएको छ ।

सागर बिसिको शब्द रहेको गीतमा डोलराजकै संगीत रहेको छ। बिनोद बाजुरालीको एरेन्ज रहेको उक्त गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो। सोही गीतको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने करण चैसिरले छायांकन गरेका छन् ।

मनोज कार्कीले सम्पादन गरेको भिडियो गायक परियारकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सोही भिडियोमा गायक परियार, कञ्चन चौधरी, अमिश युपी, रेखा स्त्रीलगायतको अभिनय छ । गीतलाई महिला दिदीबहिनीहरुले तिजमा लगाउने साडीलाई आधार बनाएर मौलिक धारमा ल्याएको गायक डोलराजले जानकारी दिए ।