डोमा यल्मो पनि ग्याल्बो ल्होसार साँझ-सान फ्रान्सिस्कोमा

Hollywood Khabar March 16,2017 Comments

शेर्पा समुदायको पवित्र र प्यारो मात्र होइन नेपालका हिमाली क्षेत्रमा मात्र पनि होइन आजकल त हरेक नेपाली समुदयामा मनाइने नेपाली पर्वहरु मध्ये ग्याल्बो ल्होसार पनि एउटा हो। हामी नेपालीहरु चाड-पर्व प्रेमी छौ नै उसमा पनि विदेशमा बसेपछि त हरेक पर्व-चाड सबै आफ्नै हुन।

यो वर्ष पनि क्यालिफोर्निया शेर्पा एसोसिएसनले विगतका वर्षहरुमा झैं ‘ग्याल्बो लोसार साँझ’ कार्यक्रमक आयोजना गरेको छ। १९ मार्च २०१७, आइतबारका दिन आयोजना गरिएको उक्त कार्यक्रमलाइ भब्य बनाउनको लागि आयोजक संस्थाले विभिन्न संघ–संस्था, यहाँस्थित सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम मनोरन्जनात्मक हुनेछ यसका लागि विभिन्न फरक-फरक कार्यक्रमहरुको ब्यबस्था गरिएको छ भन्ने कुरा आयोजक अध्यक्ष आङङिमा शेर्पाले जानाकारी गराउनु भयो। नलिना चित्रकार, नेपालका ख्यातिप्राप्त पहिलो डिजे तेन्जिङ शेर्पा, सोनाम जाङबु शेर्पा र फिन्जो शेर्पा लगायतको प्रस्तुति रहने छ। साथमा हास्यकला अनि धुप्रै टेलीसिरियलमा चर्चा कमाएकी डोमा यल्मोको पनि पस्तुति रहने छ। 

कार्यक्रम :

मितिः १९ मार्च, २०१७ , आइतबार                                   

स्थानः 1111 Gough St, San Francisco          

समयः साँझको ५.०० बजे