-नेपाली राजदूताबास डिसीद्वारा क्यालिफोर्नियामा २ दिने कन्सुलर सेवा सम्पन्न

नेपाली राजदूताबास डिसीद्वारा क्यालिफोर्नियामा २ दिने कन्सुलर सेवा सम्पन्न

Hollywood Khabar September 01,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२/१९

नेपाली राजदूताबास वासिंगटन डिसीद्वारा महावाणिज्यदूत ऋषि ढकाल र स्थानिय संघ-संस्थाहरुको सहयोगमा क्यालिफोर्नियामा २ दिने कन्सुलर सेवा प्रदान गरिएको छ।

अगष्ट ३१ र सेप्टेम्बर १, २०१९ मा सान फ्रान्सिस्को स्थित प्रदान गरिएको कन्सुलर सेवामा बिशेष गरि नेपाली पासपोर्ट सेवा सम्पन्न भएको छ। सेवामा नर्दन क्यालिफोर्निया लगायत अन्य राज्यहरुबाट पनि आएका १७७ जना नेपालीहरुको पासपोर्ट सेवा प्रदान गरिएको छ। यस्तो सेवाबाट डिसी पुगेर २/३ दिनको समय र खर्च समेत जोगिएको, सजिलै सेवा पाउँदा खुशी लागेको कुरा सेवाग्राहीले बताएका छन्।

यस कार्यलाई सम्पन गर्न नेपाल राजदूतावासले गरेको सेवाको उच्च कदर गर्दै स्थानिय नेपाली एशोसिएशन अफ नर्दन क्यलोफोर्निया संस्थाका महासचिव कैलाश थापाले धन्यबाद प्रदान गरेका छन्।

सो सेवामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको क्यालिफोर्निया च्याप्टरको समेत सकृयता रहेको थियो। कार्यक्रमको संयोजन तथा अन्य ब्यबस्थामा महावाणिज्यदूत ऋषि ढकालले थेरै ठूलो सपोर्ट गरेको कुरा आयोजकहरुले बताएका छन्।

अमेरिकाका पश्चिमतर्फका राज्यहरुको लागि समेत सेवाको मध्ये नजर गर्दै क्यालिफोर्नियाको सान फ्रान्सिस्कोलाइ केन्द्र पार्दै यो सेवा संचलान गर्न लागिएको कुरा नेपाली राजटूताबासले जनाएको छ। कन्सुलर सेवामा नेपाली राजदूतावासबाट प्रथम सचिव चक्र सुवेदी, सहचारी जनक सिंह र रामजी दाहालले सेवा प्रदान गरेका थिए।