-NRNA:एनआरएनए उपाध्यक्षमा वर्तमान महासचिव डा बद्रि के सी उम्मेद्वार हुने

NRNA:एनआरएनए उपाध्यक्षमा वर्तमान महासचिव डा बद्रि के सी उम्मेद्वार हुने

Hollywood Khabar August 21,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि वर्तमान महासचिव डा बद्रि के सी उपाध्यक्षमा उम्मेद्वार हुने भएका छन्।

एनआरएनए आइसीसीका वर्तमान महासचिव डा के सीको संघमा संलग्नता, योगदान संघको स्थापनाकाल देखि नै रहेको छ। आजको यो पोष्ट डा के सीसँग हलिउडखबरको कुराकानी र उनको इतिहासको पाटोको अध्ययनबाट संकलन गरेर तयार पारिएको हो। बाहिर हेर्दा जे सुकै भनिएता पनि वास्तवमा डा के सी एनआरएन अभियानमा एउटा अभिन्न पाटो भएको पाइँदो रहेछ।

काठमाण्डौको दक्षिणकाली नजिक फर्पिंगमा जन्मेका डा बद्रि के सीलाइ १९९० मा बेस्ट रिजल्ट ल्याएकै कारण रसियामा स्कलरसीप पाएको इतिहास आजै जस्तो लाग्छ। रसियामा गएको पनि एक जुग नै बितिसक्यो डा के सीले भने।

उसो त अमृत साइन्स कलेजबाट १९९० मा आइएससी गरेका उनले १९९६ मा बायो-टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन्। त्यसपछि बायो-टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडि समेत गरे। २००९ मा उनले ब्यब्स्थापनमा थप ज्ञान लिनको लागि मस्को स्टेट यूनिभर्सिटीबाट EXECUTIVE MBA (EMBA) समेतको अध्ययान पुरा गरे। उनि हाल परिवार सहित मस्कोमा बस्दै आएका छन्। उनका दुइ बच्चा मध्ये जेठी छोरी १८ कि पुगिन र युनिभर्सिटीकी बिधार्थी हुन्। कान्छो छोरा १० औं कक्षामा पढ्छन्।

उसो त उनलाई नेपाली राजनीतिले पनि छिटो नहालेको भने होइन। तर पनि ति सबै कुरालाई पार गर्दै उनि गैरआवासीय नेपाली संघ, आफ्नो अध्ययन र आफ्नै ब्यबसायमा होमिए। हाल सम्म उनको लगानी फाइनान्स, हाइड्रो, कृषि, इन्सुरेन्स, आयात निर्यातमा धेरै रहेको छ।

नेपालको चिया निर्यात गर्ने निर्यातकर्ता मध्ये सबै भन्दा ठूलो आफ्नै ब्यबसायलाइ पनि संहालेका छन् डा के सीले। नेपालको इलाममा र झापामा रहेको उनको चिया बगानमा ५०० भन्दा धेरैले रोजगारी पनि पाएका छन्। यति मात्र होइन झापामा आफ्नै चिया प्रशोधन केन्द्र पनि छ। मस्कोमा रहेको उनको उद्योगमा पनि २० नेपाली सहित १०० भन्दा धेरै कामदारहरु छन्।

उसो त गैरआवासीय नेपाली संघको इतिहास खोतल्ने हो भने स्थापना काल देखिनै धेरै ठाउँमा डा के सीको नाम पाइँदो रहेछ। एउटा छुटाउन नै नहुने कुरा, हालको अन्तरास्ट्रिय कार्यकारी समितिमा सबभन्दा अनुभबीमा चिनिन्छन।

गैरआवासीय नेपाली संघको स्थापना भन्दा अघि यसको कन्सेप्ट बनाउने समय देखिनै संस्थाका अभियन्ता डा उपेन्द्र महतो, जिबा लामिछाने संगसंगै अभियानमा होमियका डा के सी २००३-२००७ सम्म राष्ट्रिय समन्वय परिषद रुसको साधारण सदस्य मात्र रहेका रहेछन।

२००७-२००९ मा भने उनले राष्ट्रिय समन्वय परिषद रुसको महासचिव भएर काम गरे। २००९-२०११, २०११-२०१३ दुइ कार्यकाल सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि सदस्य भएर काम गरेका रहेछन। २०१३-२०१५ मा भने उनि अन्तर्राष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष भएर काम गरे। त्यसपछि २०१५-२०१९ सम्म लगातार दुइ कार्यकाल उनि आइसीसीको महासचिव रहेका छन्।

यतिमात्र होइन अन्तर्राष्ट्रिय समन्वय परिषदको लागि उनी २०१५-२०१९ दुई कार्यकाल नीति निर्माण समिति कार्यदलको संयोजक रहेका छन्। अर्को कार्यदल उज्यालो नेपालको पनि २०१७-२०१९ का लागि संयोजक नै हुन्। आर्थिक सुदृढता कार्यदलमा भने २०१३-२०१५ सम्म आफू कोषाध्यक्ष हुँदा कार्यदलको संयोजक भएर काम गरे। त्यसैगरी २००९-२०११ सम्म र २०११-२०१३ सम्म दुइपटक राष्ट्रिय उत्पादन प्रवर्धन समितिको संयोजक थिए।

यसबाहेक २००९-२०११ सम्म रुसको मस्कोमा नेपाल भवन निर्माण समितिको निर्देशक भएर काम गरेका थिए। नेपाल भवन, कालुगा, रुसको लागि २००९ हालसम्म कार्यकारी निर्देशक नै छन्। यस्तै उनको दिल-दिमाग र योगदानले नेपाली ब्यापार र निर्यात क्षेत्रमा केहि राम्रो योगदान भएको छ।

हुन त कुनै पनि सँस्थाका महासचिव भनेका पदिय जिम्मेवारीले गर्दा बिधि र विधानमा कडिकसाउ गर्छन। त्यसैले गर्दा महासचिव पदलिने व्यक्ति छुच्चा देखिन्छन। त्यसमा पनि डा के सी गैरआवासीय नेपाली संघमा नै दुइ-दुइ कार्यकाल महासचिव भएर काम गरेकै कारण कतिपय एनसीसी र विधानका कुरामा यस्ता घटनाबाट अछुतो भएका भने छैनन्। उनलाई संस्थाको नीति र बिधानकै कुरामा धेरै पटक बैठकमा नै चर्को स्वर गर्नुपरेको अनुभव पनि छ। तर त्यो सबै आफ्नो फाइदाको लागि रत्ति पनि होइन भन्ने जिकिर छ डा के सीको।

थप कुरा गर्दा डा के सीको प्रमुख योगदान संघका पंजीकृत सदस्यतालाइ डिजिटलाइज गर्नमा पनि जान्छ। Membership Information System (MIS) २०१५ मा सुरु गरिएता पनि २०१९ मा पुग्दा मात्र सफल रुपमा कार्यान्वयन भएको छ। कतिपय एनसीसीले यसलाई सहज रुपमा लिएनन् पनि तर पनि यसलाई कार्यान्वयन गराउने कुरामा उनको जोड निरन्तर छ। २०१९ को पंजीकृत सदस्यता विश्वका सबैजसो एनसीसीले कार्यान्वयनमा ल्याएको दावी उनको छ।

अर्को कुरा गर्दा, संघका पंजीकृत सदस्यका लागि बनाइएको Global ID Card र यसबाट बेनिफिट दिने कार्यमा पनि धेरै समय खर्चेको कुरा उनले बताए। यो कार्डले सदस्यमात्र होइन अब उनका परिवारका सदस्यले समेत बेनिफिट लिन सक्ने ब्यबस्था गरेको कुरा उनले बताए।

उनि कोषाध्यक्ष हुँदा प्लेज र बक्यौतो संबन्धि नयाँ नीति बनाएकै कारण त्यस्तो रकम सुन्य थियो। संघको आर्थिक सुध्रिडिकरणका लागि उनले जापानमा भएको २०१४ को क्षेत्रीय सम्मेलनमा १० बर्षीय योजना प्रस्तुत गरेका थिए। त्यसैको बिस्तारित स्वरुप या बिस्तृत नै NRNA Foundation हो भन्छन डा के सी।

अझै पछिल्लो कार्यकालमा डा शेष घले अध्यक्ष हुँदा निर्यण गरिएको Vision 2020 & Beyond लाइ कार्यान्वयन गराउन पनि थुप्रै नीति बनाउँदै गरेको र अब Vision 2020 & Beyond छिट्टै फुल फ्लेजमा कार्यान्वयनमा जाने कुरा उनको दावी रहेको छ।