जुम्लाबाट जनहितको प्रक्षमा आवाज उठाउँदै अनशन प्रारम्भ गरेका सत्य, त्याग, संकल्प र समर्पणका प्रतिमूर्ति सत्याग्रही डा गोविन्द केसीलाई काठमाडौंमा प्रहरीले एम्बुलेन्स भित्रै बाट जुन अमानविय ढंङ्गले लछारपछार गर्दै अपमानजनक शब्दहरू बोल्दै जबरजस्त निकालेर बर्तमान फासिष्ट सरकारले जुन आफ्नो पुरानै रवैया, फासिष्ट चरित्र र अमानविय ब्यावहार प्रर्दशन गर्यो यो अतिनै निन्दनिय र खेद जनक छ।
एक सच्चा सत्यग्राहीको मानव अधिकार र व्याक्तिगत स्वतन्त्रताको समेत कुनै प्रवाह र ख्याल नगरिनुले यस सरकारको नैतिकता, चरित्र र नियत माथि नै प्रश्न गम्भिर प्रश्न खडा भएका छन् । डा. गोविन्द केसी माथि सरकारले प्रहरी लगाएर गरिएका हरेक अमानिवय क्रियाकलापको जन सम्पर्क समिति अमेरिका घोर बिरोध गर्दछ।
नेपाली कांग्रेस गुल्मीका सभापतिमाथि भएको बर्बरतापूर्ण प्रहरी आक्रमण र नियोजित दमनको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा एवं भर्त्सना गर्दछ साथै नेपाल सरकारलाई आफ्नो अधिनायकवादी कम्युनिष्ट चरित्र, बर्बरता, तानाशाही पन, फासिष्ट चरित्र र मानवाधिकार विरोधी गतिविधि तुरून्त बन्द गर्न सचेत गराउनुकै साथै चेतावनी दिन पनि चाहन्छ।
कम्युनिष्ट सरकारको यस्ता निर्लज्ज, ज्यादतीपूर्ण क्रियाकलापमा विरोधसम्म पनि नगरि मुखदर्शक बनेर प्रतिपक्षीको सामान्य भूमिका समेत निर्वाह गर्न चुकेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति पनि नेपाली जनसम्पर्क समिति अमेरिका दुख प्रकट गर्दछ।
जय नेपाल !
सुभाष घिमिरे
महासचिव
धनञ्जय नरसिंह के सी
सभापति
सेप्टेम्बर २२, २०२०
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता