-रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसंग एनआरएनए उपाध्यक्षको भेटघाट

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसंग एनआरएनए उपाध्यक्षको भेटघाट

Hollywood Khabar November 11,2020 Comments

गैरआवासीय नेपाली संघको एक टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय रामेश्वर राय यादवज्यूसंग भेटघाट गर्यो।

संघको तर्फबाट उपाध्यक्ष डा. बद्रि के. सी., सल्लाहकार रामेश्वर साह र कार्यकारी निर्देशक राजेश शम्शेर राणा र मन्त्रालयको तर्फबाट माननीय मन्त्रीज्यू सहित वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार प्रसाद दाहाल र वैदेशिक रोजगार वोर्डको कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, संघको अध्यक्ष कुमार पन्तले मन्त्रीज्यूसंग फोनको मध्यमबाट आफ्नो कुरा राख्नु भएको थियो ।

वैदेशिक रोजगारबाट फर्केका र देशमै बेरोजगार रहेका युवाहरुलाई लक्षित गरि तथा उपयुक्त वैदेशिक रोजगारको आकर्षक गन्तब्य पहिचान गर्ने उदेश्य अनुरुप “Labour Summit” गर्ने बारे छलफल भएको थियो। मन्त्रीज्युले मध्यपुर्वको भेलामा ल्याएको “Labour Summit” को अवधारणालाई संघ र मन्त्रालय मिलि अगाडी बढाउनु पर्ने कुरालाई उपाध्यक्ष के. सी.ले उजागर गर्नु भएको थियो । यस कार्यक्रमले नेपाल सरकारको ७,००,००० रोजगारी सृजना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने कुरा संघका सल्लाहकार रामेश्वर साहले राख्नु भएको थियो।

वैदेशिक रोजगार विभगाका महानिर्देशक कुमार प्रसाद दाहालले नेपालमा यस प्रकारको ठुलो सम्मेलन रोजगारी प्रवर्धनको लागि आवश्यक रहेको कुरा राख्नु भएको थियो। यसैगरी वैदेशिक रोगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले नेपाली श्रमिकलाई वैदेशिक गन्तब्य तथा नेपालमै गुणस्तरीय रोजगारी सृजना गर्न यो सम्मेलन कोशे ढुंगा हुने कुरा प्रकाश पार्नु भएको र गैरआवासीय नेपाली संघ संग सहकार्य गर्नको लागि जोड दिनु भयो।

यस सम्मेलनले नेपालमा रोजगारी गर्न आएका भारत, बंगलादेश र चीनका श्रमिकहरुलाई प्रतिस्थापन गर्न क-कस्ता उपायहरु अवलम्बन गर्नु पर्छ भन्ने बारेमा समेत ठोस योजना तय गर्न मद्दत मिल्नेमा सहभागीहरुको राय रहेको थियो।

पहिलो चरणमा यसको प्रारम्भिक प्रस्तावना तयार पारी सरोकारवाला निकायहरुसंग छलफल गर्नु पर्ने जरुरि रहेको निष्कर्ष छलफलबाट आएको थियो । तसर्थ, प्रारम्भिक प्रस्तावना तयार पार्न मन्त्रालय, संघ, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार वोर्ड मिलेर कार्य गर्न सहमित भएको थियो ।

सचिवालय गैरआवासीय नेपाली संघ

१० नोभेम्बर २०२०