-प्रतिनिधिसभाका सांसद डा रिजाल लगायत तनहुँ काँग्रेसका नेता-कार्यकर्ता माथी गरेको सांघातिक आक्रमणको गम्भीर ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसद डा रिजाल लगायत तनहुँ काँग्रेसका नेता-कार्यकर्ता माथी गरेको सांघातिक आक्रमणको गम्भीर ध्यानाकर्षण

Hollywood Khabar September 29,2019 Comments

प्रेस विज्ञप्ति

तनहुँ जिल्ला रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा मिनेन्द्र रिजाल, लगायत तनहुँ काँग्रेसका नेता एवं कार्यकर्ताहरू माथी हिजो २०७६ असोज १२ गतेका दिन नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरूले गरेको सांघातिक आक्रमणको प्रयासप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

लोकतान्त्रिक व्यवस्था भएको कानुनी राज्य नेपालमा नागरिकको मौलिक हक र अधिकारलाई कुल्चिएर संविधानको मर्म र भावना विपरित, अराजक, फाँसिष्ट, गुण्डागर्दी र मण्डले शैलीमा गरेको यस्ता आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ। सत्ताको उन्मादमा श्रृंखलाबद्ध रूपले फरक विचार र सिद्धान्तलाई स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको यस्ता फाँसिवादी र अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।

यो घटनाले स्वतन्त्र रुपमा शान्तिपूर्ण ढंगले राजनीतिक र सांगठनिक कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि ठाडो प्रहार गरेको छ। यसले अभिव्यक्ति स्वतन्त्रता, मानवाधिकार र कानूनी राज्यको धज्जी उडाएको छ। त्यसैले यस घटनालाई सरकारले गम्भीरता पूर्वक छानबीन गरी दोषीलाई तत्काल कडा कानूनी कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौ । मुलुकमा तत्काल कानुनी राज्यको आभाष दिलाउँन सरकारसँग आग्रह गर्दछौ। लोकतन्त्रको धरोहर नेपाली काँग्रेसलाई नजिस्क्याउन र आफुलाई जिम्मेवार राजनीतिक पार्टीको रूपमा प्रस्तुत हुन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई चेतावनीका साथ आग्रह गर्दछौ ।

धन्यवाद, जयनेपाल

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

९/३०/१९