दिपक अभिमन्यू

दुई छेस्का

Hollywood Khabar July 18,2017 Comments

अङ्गालेर सारा खुशीहरु हाँस्न मन छ मलाई
ती खुशीलाई माला सरि गाँस्न मन छ मलाई
तिम्ले दियौ साथ मिठो दुखमा नि सुखमा नि
तिम्रो माया यो छातीमा टाँस्न मन छ मलाई
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
जिन्दगीका खुशी समेट्दै साथै जीउनुछ
त्यो नयनको नशा एकैसासमा पिउनुछ
हिजोआज दोबाटोमा आउन छाड्यौ किन
फाटेउध्रेका मनलाई समझदारीले सिउनुछ