-Krishna KC

ढोंगी, छुच्चो, हावामा तात्ने, बरफ झैँ पग्लने बानी र दुइ कौडीको पत्रकार

Hollywood Khabar May 27,2017 Comments

कृष्ण के सी, अमेरिका, मे २७, २०१७

लगभग २०१४ तिरको कुरा हो यो, मैले आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेको स्टेटमेन्ट आज मेरो एकजना परंमित्रले संझाइ दिए। कोल्ट्याएर हेर्दा, मैले लेखेको त्यो स्टाटसका कुरा हेर्दा आफैंलाई पनि सोच्न बाध्य बनायो।

भविष्यको सुखको आशमा वर्तमानमा मर्दै बाँच्नु चाहिँ जीवन होइन। वर्तमानमा खुसी हुन वर्तमान मै काम गर्नु चाहिँ जीवन हो। त्यसैले १० वर्ष पछि सुख आउला भनेर म अहिले मर्न सक्दिन। मलाइ जीवन अहिले चाहिएको हो, बर्षौं पछि पाउने आसाको धोक्रो होइन; त्यसले मलाइ के नै दिन्छ र ?

यसो हेरे, मेरो बानी बिल्कुल यस्तै रहेछ। मन मौजी त होइन अलिकति फरक हुन मनपर्छ। काम नपाएर दुनियाँको टाउको तानेर लिखा मारेर बाँच्न मलाइ मन पर्दैन। फेरी पिंजडामा थुनिएर बस्न त पटक्कै सक्दिन। हात मलेर ढोंगी बन्न त कदापि सक्दिन। धोकेवाज हाइना प्रवृतिको स्निकी जस्तो होइन।

जन्मले नेपालमा जन्मेको नेपाली अनि स्वइच्छाले म अमेरिकन म आफूमा गंभिर प्रकृतिको आफ्नै स्वभाव छ। कसैको पाउ मल्नु छैन मलाइ। म त हात्ती जस्तै लस्कने र सिंह जस्तै गर्जने प्राणि हो। कतिपयलाई पत्रकारिता र लेखनको बजारमा भुक्न मनपर्छ, उनीहरु भुक्दै गरुन। सत्य कुरा चाहिं यो हो कि साङ्ग्लो सधैं भुक्नेको गलामा नै हुन्छ, मेरो गलामा होइन भन्ने मलाइ राम्रोसंग थाहा छ।

कतिपय पटक एउटा मात्र राम्रा काम होस, जस खानेहरुको होडबाजी र लडाइ नै पर्छ, बस!! निर्णय एक, ढोंगी प्रसंसा र जस लिनेको हानाथाप मात्र होइन प्रेस रिजिज कै होडबाजी सुरु हुन्छ। कहिले काहिं भने अनर्थै नै हुन्छ हाम्रो समाजमा समवेदनामा पनि होडबाजी चल्छ।

यस्तै प्रसङ्गमा मैले एउटा फेस स्टाटस लेखेको थिएँ। कसैलाई त्यो लेखनले बेसरी चोट परेछ। झोकमा उनले कमेन्टमा बजाएर लेखिदिए, दुइ कौडीका पत्रकार ! अचम्मै मान्नुपर्ला, फेसबुकमा लेख्ने मान्छे पत्रकार कसरी भयो ? जवाफ पनि लेखे, त्यसपछि उनलाई झनै खपी नसक्नु भयो। त्यसपछि उनले पनि जमेर लेखे, एउटा व्लग चलाएर आफुलाई ठुलो सम्पादक ठान्ने दुइ कौडीको पत्रकारहरू।

हुन त यो नेपाली समाजमा पैसाकरिता र खेतालाकारिता मात्र होइन समाचारकारिता गर्ने पनि देखियो। कहिले काहिँ त आफैंलाई अचम्मै लागेर आउँछ। कतै ति महोदय पनि सहि नै त थिएनन् ? आफैलाई कुरी-कुरी लागेर आउंछ, हैट मखुण्डोधारी हामी २ कौडीका पत्रकारहरू !