https://www.youtube.com/embed/AZjyXFmm95A

-लोक दोहोरी दुखि करिम

शर्मिला गुरुङ र कमल जिएमको लोक दोहोरी दुखि करिम

Hollywood Khabar May 16,2019 Comments

बहुचर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र गायक कमल जिएमको आवाजमा रहेको लोक दोहोरी दुखि करिम सार्वजानिक भएको छ। ईश्वर बाबुको शब्द तथा संगीत रहेको उक्त गीतमा झलक संगीतमको एरेन्ज रहेको छ।

दुखी करिम जोगीमा मान्छेलाई आफ्नो भाग्य र कर्ममा लेखिएको कुरा भोग्नै पर्ने र एउता माया प्रेममा कुनै बाध्यताले जोगी बनी सांसारिक मोह त्यागेका साधुहरु पनि माया र प्रेम गर्न सक्छन र माया प्रेम गर्न कुनै जात भात, धर्म, पेशा ले रोक्न सक्दैन भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।

ईश्वर बाबुु र आकृति रन्पाल को अभिनय रहेको गीतको भिडियोलाई कमल जि.एम.ले छायाँकन गरेका हुन् । ईश्वर बाबुको निर्देशनमा तयार भएको गीतको भिडियोलाई ईश्वर बाबुलेनै सम्पादन गरेका छन भने उक्त गीतको भिडियो जय नेपाल फिल्मस् को आफ्नै युट्युब च्यानलबाट सार्वजानिक भएको छ।