Hollywoodkhabar advertisement

यो बर्ष दशैँको घटस्थापना अक्टुवर १७, शनिबार

-यो बर्ष दशैँको घटस्थापना अक्टुवर १७, शनिबार
0
shares

नेपालीहरुको महान चाड दशैँको सुरुवात पहिला नै भएपनि अधिकमास भएकोले नौरथा भने शनिबार देखि सुरु हुने भएको छ।

दशैँको पहिलो दिन शक्तिकी देवी दुर्गाको आराधना गर्दै दियो, कलश र गणेश स्थापनाबाट गर्दै जौको जमरा राखेर घटस्थापना सुरु गर्ने चलन छ। प्रशाशन र राजघरानाहरुले भने दशैँ घरमा सो पुजा गर्ने चलन थियो र अझै पनि छ। यो ९ दिन दुर्गाका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरि ९ फरक फरक शक्ति स्वरुपको पुजा गर्ने चलन छ।

हरेक वर्ष रमझम ल्याउने दशैँ यो बर्ष कोरोनाका कारण अलमलमा परेको छ। धेरैका घरमा दुखद घटना घटेका छन्, कतिपय बिरामी छन्, कति अस्पतालमा छन भने कति बिरामी पर्ने डरले आक्रान्त छन्। तर पनि चाड सुरु भएको छ।