-एम्बुलेन्स

एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर, विराटनगर ।सुनसरीमा बिरामी बोकेको  एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ ।गएराति विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको हो ।दुर्घटनामा  वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई र  एम्बुलेन्स चालक राजेश दनुवारको  मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए ।