प्रधानमन्त्री केपी शर्मा ओली

आकस्मिक रुपमा प्रधानमन्त्री अस्पताल भर्ना शुक्रबार साँझ डिस्चार्ज

Hollywood Khabar March 26,2020 Comments

१५ चैत्र काठमाडौं।मुटुको धड्कन बढ्ने समस्या भएपछि बिहीबार राति साढे ११ बजे आकस्मिक रूपमा अस्पताल लगिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन्।प्रधानमन्त्री ओलीलाई असहज महसुस भएपछि महाराजगन्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार राति भर्ना गरिएको थियो। उनको सम्पूर्ण स्वास्थ्य परीक्षणपछि पूर्ण स्वास्थ्यलाभ गरी डिस्चार्ज भएको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समस्याका कारण ओलीलाई अस्पताल लगिएको थियो।

प्रधानमन्त्री करिब २० घण्टा अस्पतालमा भर्ना रहि मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गरिएको थियो।प्रधानमन्त्री ओलीको २४ दिनअघि दोस्रो पटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।उनी गत फागुन ३० गते उनी डिस्चार्ज भएका थिए।