तस्बिर साभार वेब

एउटै नम्बरका दुई स्कुटर,नक्कली मेजर प्रहरी फन्दामा

Hollywood Khabar July 23,2020 Comments

९ साउन ललितपुर । नेपाली सेनाको मेजर बताउने सुरेश विष्टले चलाउने स्कुटर अर्को स्कुटरको नम्बरसँग मिल्न आएको छ । विष्टले चलाउने बा ५२ प ७३१९ नम्बरको स्कुटर काभ्रे जिल्ला रोसी–४ घर भई हाल काठमाडौं–३२ कोटेश्वर बस्ने सुर्जमान तामाङसँग मिल्न आएको छ । तामाङले २०७६ माघ २३ गते एस एन बि ईन्टरप्राईजेजबाट खरिद गरी चलाउँदै गरेको स्कुटीको नम्बर एउटै रहेको फेला परेको र गतसाउन साउन २ राति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा विष्टलाई साउन ७ गते महानगरीय प्रहरी बृत्त चापागाउँले नियन्त्रणमा लिएको थियो ।उनको घर गोदावरी नगरपालिका वडा नं. २, विशंखु हो । उनी जग्गासम्बन्धी कारोबार गर्ने व्यक्ति भएको जनाईएको छ।.

गतसाउन २ गते साँझ ७ बजेतिर चापागाउँ प्रहरी वृत्त अगाडि मेजर मादक पदार्थ सेवक गरी गेटबाहिर होहल्ला गरिरहेका थिए । मेजरले होहल्ला गरेको देखेर वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले पक्राउ गर्न डिउटीमा रहेका प्रहरीलाई आदेश दिए पश्चात पक्राउ गरि कार्यकक्षभित्र लगेर सोधपुछ गर्दा विष्ट नक्कली मेजर भएको खुल्यो । नक्कली मेजरलाई समातिएपछि सैनिक प्रहरीको एउटा टोली चापागाउँ वृत्त पुग्यो । ती विष्टलाई सोधपुछ गरेपछि सेनाको सेवामा नरहेको खुल्यो । तर, विष्ट सेनामा २०६२ वैशाख ११ गते नेपाली सेनाको सेवा प्रवेश गरी २०६३ वैशाख ११ गते बर्खास्तमा परेको पनि खुला भयो। 

बर्खास्तपछि विष्टले सेनाको पोशाक दुरुपयोग गर्दै आएको खुलेको छ । विष्टको अनुसन्धानमा जुटेको प्रहरीले उनी जग्गा कारोबारमा लागेको र कसैको पैसा फसेको भए उठाइदिने काममा सक्रिय भएको पाइयो । पैसा उठाउन जाँदा सुरुमा प्याप्टेनको बर्दीमा जाने गरेको अनुसन्धानका क्रममा खुलेको छ । त्यसपछि मेजरमा बढुवा भएको भन्दै बर्दीमै जाने गरेको पाइएको डीएसपी ओझाले बताए ।

‘केही समय अघिसम्म उनै नक्कली मेजरको चापागाउँ वृत्तमा आउजाउको थलो बनेको थियो ।’ वृत्तका प्रहरी स्रोतले भन्यो, ‘तत्कालीन केही डिएसपी साबहरूसँग भेट्ने र चिया पिउने गरेका उनी पटक–पटक आइरहन्थ्यो ।’ एकपटक तत्कालीन डीएसपीसँग कुरा गरिरहँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि आइपुगे।ती मेजर विष्टले प्रमुख महर्जनकै अगाडि भने, ‘आज मेयरसाब यहीँ हुनुहुन्छ ।मैले भन्नै पर्छ, चापागाउँ अलिकति संवेदनशील क्षेत्र हो । सुरक्षामा विशेष ध्यान दिनुहोला । केही सहयोग चाहिए म माथि कुरा गरौंला ।’यता, विष्टले पारिवारिक सम्बन्धभित्र पनि ‘मेजर नै हुँ’ भन्दै दुई श्रीमतीलाई झुक्याएर राखेको पाइएको छ । ‘नक्कली मेजरले पोष्टिङ र सरुवा भयो भन्दै दुई श्रीमतीको घरमा आतेजाते गरेको पाइयो ।’ प्रहरी स्रोतले भने, ‘उनको बसाइ ६ महिना चापागाउँ र ६ महिना विशंखुनारायणमा हुने गरेको छ ।’

डीएसपी ओझाले नक्कली मेजरका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको बताए । ओझाले भने, ‘जिल्ला अदालत ललितपुरबाट पहिलो पटक १० दिनको म्याद थप भई ठगी, चोरी र किर्तेबारे अनुसन्धान भैरहेको छ ।’