रसिक रश्मी

ए परदेशी बाबु फर्क, चुहिएको छ दलिन छानो टाँली राख्नु पर्छ

Hollywood Khabar December 26,2017 Comments

रसिक रश्मी, काभ्रे, पाँचखाल, डिसेम्बर २७, २०१७

रुवाँउछ यै दुनियाँ र भन्छ हाँसी राख्नु पर्छ
जहर पिलाउदै भन्छ बाँची राख्नु पर्छ !

निशब्द बनाएर रित्त्याई  सकेपछी अझै
भन्छरे छोड्दे आज हिसाब बाँकी राख्नु पर्छ !!

ए परदेशी बाबु फर्क अब त आफ्नै घरमा
चुहिएको छ दलिन छानो टाँली राख्नु पर्छ !!!

आँखा टट्टिउन्जेली बाटो हेरिरहन्छिन आमा
बनि आशाको दियो  बलिदिने बाती राख्नु पर्छ !!!!