बालबालिकाको सहयोगार्थ जोजोलोप्पा फेशन रनवे सम्पन्न

Hollywood Khabar August 19,2018 Comments

मनोज थापा/काठमाडौं
समाजसेवाका लागि जोजोलोप्पा फेशन रनवेमा नायिका सञ्चिता लुईटेलसहित एक दर्जन मोडल र्‍याम्पमा उत्रिएका छन्। क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ भब्य रुपमा सम्पन्न भएको छ ।

यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा प्रस्तुत भएका थिए । भने एक दर्जन भन्दा बढि चर्चित मोडलहरु र्‍याम्पमा निस्किएका थिए । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्‍याम्प शोमा उत्रिएका थिए ।

यस शोमा नेपालका चर्चित गायकगायिकाले सांगितिक प्रस्तुति दिएका थिए । गायिका रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डेका साथमा गायकहरु जोहेव मानन्धर, दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायथले आफ्नो प्रस्तुति दिएका थिए ।

पूर्व सुचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले उद्घाटन गरेको कार्यक्रमा अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो । फेशन शो ललितपुरको इन्ऽणी ब्याक्वेटमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् ।

अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउादा सबै पीडा भुल्ने रशलाईट मिडियाकी

अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउाछिन् । उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए ।

क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । एजुकेशन सरोकार डट कम कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको थियो। संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन।