फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिर गयो

Hollywood Khabar September 24,2018 Comments

१० असोज धनुषा।सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ ।जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको हो ।संविधानविरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले दाबी गरेको छ।

संविधान दिवसका दिन संविधानविरोधी समाचार फेसबुकमा सेयर गरेको भोलिपल्ट किन सेयर गरेको भनेर स्रेस्तेदारले मौखिक स्पष्टीकरण सोधेको रायले बताइन् ।‘न्यायालयमा उच्च मनोबलका साथ न्याय खोज्न आउँछन् तर मलाई न्यायालयबाटै अन्याय भयो’,जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भनिन्, ‘न्यायालयले नै अन्याय गरेपछि म कहाँ जाऊँ ?’

उनले आफ्नो अभिव्यक्ति दिने स्वतन्त्रता र मौलिक अधिकार तथा नागरिक स्वन्त्रता हनन भएको‚समाचारको लिंक सेयर गर्दा जागिरबाट निकालेर अन्याय गरेको आरोप भएपनि‚ जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाले भने गुञ्जा राय करारको कर्मचारी भएको र काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए।