-एउटै फुलबारीको शुभकामना संदेश २०२० तथा जुम चियापान कार्यक्रम, फेसबुक लाइभ

एउटै फुलबारीको शुभकामना संदेश २०२० तथा जुम चियापान कार्यक्रम, फेसबुक लाइभ

Hollywood Khabar October 21,2020 Comments

उत्तर अमेरिकाका नेपाली जातिलाई कार्यक्रममा हार्दिक निमन्त्रणा !

नेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, न्हुदंया भिन्तुना, म्हपूजा, इद लगायत सबैको एकमुष्ठ रुपमा शुभकामना आदान-प्रदान तथा जुम चियापान कार्यक्रमको आयोजना गरिएको छ। आगामी शुक्रबार अर्थात अक्टुवर २३, २०२० साँझ ५:३० बजे (PST) सोहि अनुसार ८:३० बजे (EST) मा कार्यक्रम सुरु हुनेछ। एक घण्टामा कार्यक्रम समापन हुनेछ।

यहाँले आफ्नो मनपर्ने घरमा नै बनाएको तातो मीठो, आफ्नो मन पर्ने मग, कप या ग्लासमा चिया लिएर जुममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछु।सबैलाई शुभकामना संदेश दिनको लागि १/१ मिनेटको समय प्रदान गरिनेछ।

हाम्रो नेपाली समाज राजनीति, चुनाव र अन्य कारणले गर्दा धेरै विभाजित भयौं, आपसमा यो कठिन कोरोनाको महामारीमा पनि कतिले सहयोग गर्न सक्यौं कतिले सकेनौं। त्यसमा पनि कित्ताकाट गर्यौं। अब अति भयो हामी हाम्रो नेपाली धर्म, संस्कृति र परंपराको जगेर्ना गर्न मर्दाको मलामी र जिउँदाको जन्ती भन्ने कुरा चरितार्थ गर्नको लागि आपसमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको छ।

जुमबाट संचालन हुने शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुन कुनै पनि उमेर समूहका नेपाली मुलका महिला, पुरुष, अन्य लिङ्गी र ट्रान्स्जेण्डर सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

  • कार्यक्रममा कोहि पनि अतिथि र प्रमुख अतिथि हुनेछैनन
  • शुभकामनामा संबोधन एउटा मात्र वाक्यमा हुनेछ, आदरणीय नेपाली जातिहरुमा एकमुष्ठ नमस्कार !
  • संदेश दिंदा आफ्नो नाम, बसेको ठाउँ र छोटो परिचय सहित शुभकामान संदेश दिनुहुन अनुरोघ गरिएको छ
  • कार्यक्रममा आशनग्रहण र अन्य गतिविध हुने छैनन, सोझै संचालकबाट कार्यक्रम सुरु गरिनेछ
  • शुभकामना शब्द, गीत, कबिता, नाचेर, हाँसेर, सांकेतिक भाषा या कुनै पनि रुपमा प्रदान गर्न सकिनेछ
  • उपस्थित मध्य जुम सिष्टममा देखिने अल्फाबेटिक रुपमा संदेश दिनको लागि समय प्रदान गरिनेछ
  • कार्यक्रम भिभिन्न संचार माध्यमाहरुको फेसबुक पेज र ग्रुपहरुमा लाइभ गरिनेछ
  • बिज्ञापन, दर्ता, अन्य कुराको अड्चन राखिएको छैन
  • आउनुहोस शुभकामना दिनुहोस, आफू खुशी हुनुहोस र अरुलाई पनि खुशी दिनुहोस !

आयोजक

कृष्ण के सी

फोन# 510-206-1920

सान फ्रान्सिस्को, अमेरिका

***जुम एक्सेस इनबक्स/टेक्स गरिएको छ, प्राप्त नभए सम्पर्क गर्नुहुन बिनम्र अनुरोध***