बिश्व बजारमा ह्वात आएको फ़िजेट स्पिनर:मेरो बाल पनको फिर्की कतुवा स्मरण

Hollywood Khabar May 24,2017 Comments

कृष्ण के सी
लामो समय देखि बिश्व बजारमा फ़िजेट स्पिनर (नेपालीमा हाते कतुवा/फिर्की भन्न सकिएला) थियो तर पछिल्लो एक महिनामा भने ह्वात यसको बजार ३६० डिग्रीमा बढेर आयो।
फोकस, कन्सनट्रेट जस्ता धेरै कारण देखाएर आएका फ़िजेट स्पिनर खेलौनाहरु आजकल किशोर, बच्चा, युबा, बृद्ध सबैको हातमा देखिन्छ। हरेक कन्भिनेन्ट स्टोरमा बेचिन्छन फ़िजेट। हाल ७० भन्दा धेरै प्रकारका फ़िजेट स्पिनर बजारमा छन्। LED, अंध्यारोमा बल्ने, धेरै समय घुम्ने, कलर कोडेड, क्यूब (पासा), हेभी मेटल आदि इत्यादि।
फ़िजेटले बजार मात्र पाएन संगै समस्या पनि ल्यायो। एकजना बच्चाले फ़िजेट घाँटीमा अड्काएको समाचारले ठूलै तहल्का पिट्यो। तर पनि बजार भने चलेको नै छ फिजेटको। यसरी रातारात बिश्व बजार लिएता पनि यो बच्चाहरुको लागि खतरा छ भन्नेहरु पनि उत्तिकै निस्केका छन। यसको रिकल गर्नुपर्ने कुरा पनि माग हुन थालेका छन्। मसंग पनि पाँच प्रकारका फिजेट छन्। फ़िजेटले मेरो बाल पनको फिर्की कतुवा खेलेको स्मरण गरायो।