-फिप्नाको सातौ राष्ट्रीय महाधिवेशन न्यूयोर्कमा सम्पन्न, विज्ञप्ति सहित

फिप्नाको सातौ राष्ट्रीय महाधिवेशन न्यूयोर्कमा सम्पन्न, विज्ञप्ति सहित

Hollywood Khabar December 18,2019 Comments

१२/१६/१९

प्रेश विज्ञप्ती

आदरणिय जनसमुदाय ,

आदिवासी अभिवादन, नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)को सातौ राष्ट्रीय महाधिवेशन डिसेम्बर, १५ २०१९ न्यूयोर्कमा एक भव्य समारोहका विच सम्पन्न भएको छ।

सातौ राष्ट्रीय महाधिवेशन सम्पन् गर्न उपस्थित प्रमूख अथिती, विशिष्ट अथिती ज्युहरू, विभिन्न संघ संगठनका प्रमूख तथा प्रतिनिधि ज्युहरू, बुद्दीजीवी, समाजसेवी, पत्रकार ज्युहरू र सम्पूर्ण सहयोगी ज्युहरूमा हार्दिक धन्यबाद व्यक्त गर्दछौ।

फिप्नाको सातौ राष्ट्रीय महाधिवेशन ले नेपाली समुदायविच, एकता, भातृत्व, सद्भाव र आपसी मेलमिलापको सन्देश दिएको छ। यस राष्ट्रीय महाधिवेशन ले नेपाली समुदायविचको विभिन्न संघसंस्थाहरू, व्यक्तिगत र मनोगत ढंगले गुटगत र विभाजनतिर गईरहेको नेपाली समुदाय विचमा आपसी एकता र सद्भाव रहेको छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ।

हामी प्रवासमा छौ त्यसकारण पनि हामी अझ धेरै संगठित र संस्थागत हुनु पर्ने हुन्छ। त्यसका साथसाथै हामी नेपालका आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्नेभएकोले हाम्रो नेपाल सरकार र नेपालको संबिधान र यसको सिमाभित्र रहेर पनि नेपालको र विश्वभर रहेको नेपाली आदिवासी जनजातीहरूको हक अधिकार, संयुक्त राष्ट्रसंघले पारीत गरेको आई एल ओ को धारा १६९ मा उल्लेखित आदिवासी जनजातीको हक अधिकारको को लागी मा बहस पैरवी र आवाजहरू उठाउने सवालमा हामी अग्रपंतीमा उभिने नै छौ ।

नेपालको आदिवासी जनजातीहरूको उत्थान , विकास र प्रोत्साहनका हरेक मानविय र सामाजिक कार्यमा संलग्न हुदै जाने प्रतिवद्दता व्यक्त गर्दछौ। अमेरीका मा क्रियाशील विभिन्न सामाजिक संघ संगठनहरूमा आपसी एकता, सत्भाव र सहकार्य गर्दै नेपाली समुदायको हितमा काम गर्ने सदैव तयार रहने छौ ।

अमेरीकी स्थानिय राजनितीमा क्रियाशील नेपाली मूलका व्यक्तीत्वहरूको साथ ,समर्थन र प्रोत्साहन को लागी सदैव सकारात्मक भुमिका निर्वाह गर्ने समेत यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौ । आगामी दिनमा बलियो संगठन, आर्थिकरूपमा सक्षम, बैचारीक रूपमा प्रष्ट , उच्च नैतिकतायुक्त आचरण स्थापित गर्दै अमेरीका मा बस्ने नेपाली समुदायको सुखदुखको सारथी बन्दै संसारभरी छरिएर रहेका नेपाली मूलका आदिवासी जनजातीहरूको साझा सम्मेलन गरेर एउटा विश्वभरको छाता संगठन निर्माण गर्दै नेपालका आदिवासी जनजाति तथा सिंगो नेपाली समुदायहरूको भाषा, संस्कृति, परम्परा र रितिरिवाज साथै खानाहरू, भेषभुषाहरूको प्रवर्धन, प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवर्धनमा विशेष भुमिका खेल्ने समेत प्रतिबद्धता व्यक्त गर्दछौ। मुख्य गरी अमेरीकामा बसोबास गरिरहनुभएका नेपाली आदिवासी जनजाति समुदायको संस्थागत तथा व्यक्तिगत सुखदु:ख मा हामीबाट हुनसक्ने साथ सहयोगको लागी हामी सदैब तत्पर रहने छौ ।

हामीलाई विश्वास गरेर आगामी २ वर्षको कार्यकालको लागी यहाहरूले सर्वसम्मत निर्वाचित गर्नुभएकोमा यहाहरूप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ। हामी पदमा हैन जिम्मेवारी मा पुगेको महसूस भएको छ।

अन्त्यमा निर्वाचन समिती, अध्यक्ष मण्डल साथै सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक ज्युहरू, निवर्तमान अध्यक्ष लगायत पदाधिकारी ज्युहरू सम्पूर्ण प्रती हार्दिक धन्यबाद व्यक्त गर्दछौ। यहाहरूको सकारात्मक सल्लाह, सुझाव र सबैखाले सहयोग अपेक्षा सहित पुन हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

आदिवासी अभिवादन सहित नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्नाको) आगामी कार्यकाल (२०१९-२०२१ ) को लागी निम्नानुसार को कार्यसमिति रहेको जानकारी गराउदछौ ।

कार्यसमिति

अध्यक्ष - लोक चेम्जोङ

वरिष्ठ अपाध्यक्ष - पदम बहादुर गुरूङ

महिला उपाध्यक्ष - गोमा योन्जन

महासचिव - नरेन्द्र थापामगर

सचिव - टोमा लामा

कोषाध्यक्ष - छोन्जोम छोन्जोम लामा

सहकोषाध्यक्ष - सुवर्ण कुमार शाक्य

सदस्य - पेन्पा जेन्पा

संघिय परिषद सभामुख - राजकुमार बिष्ट

संघिय परिषद उपसभामुख - सूर्य श्रेष्ठ महर्जन

संघिय परिषद सदस्य सचिव - छिरिङ राप्के लामा

सल्लाहकार - मन कुमार राई ( मणि वाङदेल)

लोक चेम्जोङ

अध्यक्ष

नरेन्द्र थापा

महासचिव