-ओहायो, आफ्नै घरमा आगलागी हुँदै नेपाली परिवारका ५ जनाको ज्यान गयो

ओहायो, आफ्नै घरमा आगलागी हुँदै नेपाली परिवारका ५ जनाको ज्यान गयो

Hollywood Khabar September 13,2021 Comments

इनेप्लेजबाट, सेप्टेम्बर १३ , २०२१

अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली परिवारका सदस्यहरुको दुखद निधन भएको छ। सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ । मृतक हुने सबै नेपाली मुलका भुटानी अमेरिकन हुन्।

आक्रन अग्नी नियन्त्रण बिभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन। आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर संख्यामा बिहान १२:५० मा आगो लागेको हो । विभागका अनुसार आकस्मिक कामदारहरुले उनीहरुका छिमेकी र नातेदारहरुले त्यहा पुगे पछि परिवारका सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास गरेका थिए।

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ। उनीहरु पढ्ने बिद्यालय आर्कन सरकारी बिद्यालयका प्रवक्ताका अनुसार ५ बर्ष,११ बर्ष र १६ बर्षका बिधार्थीको निधन भएको जनाएका छन। बिद्यालयले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ। नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरु बस्थे भनि बताएका छन्।

छिमेकि जिन हुड्सनले उनीहरु राम्रा मानिसहरु थिए भनिन। अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ। घाइतेहरुलाई छिमेकीहरुले घटनास्थलमै उपचार गर्ने पनि प्रयास गरेका थिए ।

आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिव ६० बर्षिय पुरुष तथा ४८ बर्षिय महिलाको निधन भएको बताए। उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताईएको छ। उनका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन्। सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरु त्यहा अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए। उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन्। तर के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन कोसिस गरि रहेको समाचार स्थानिय पत्रिका बिकोन जर्नल डटकमले लेखेको छ ।

सुब्बाका अनुसार उनका निधन भएका पिताले आर्कनमा उक्त घर केवल ६ महिना अगाडी मात्र किनेको बताए। उनि पनि त्यहाँ केहि बर्ष बसेको र बाबु आमा र ३ जना सन्तानहरुसंग बस्ने जानकारी दिएका छन्।

यसै गरि आरोन सुहांगका अनुसार उनका पर्ने काकाका छोराछोरी-दाजुभाई तथा भतिज उक्त घरमा बस्ने गरेको बताए। उनीहरु त्यहाबाट अन्य स्थानमा सर्ने भनेर प्रतिक्षा गरि रहेको बताए। उनले कहिले यस्तो हुन्छ भनेर नसोचेको बताए।