रक गायीका सरस्वती लामाको उर्वसीले पायो पहिलो अवार्ड

Hollywood Khabar February 15,2018 Comments

कृष्ण के सी/अमेरिका
रकमा गाउँदै स्टेजमा सबैलाई नचाउने गायिका मध्यकी एक सरस्वती लामा हुनुहुन्छ। गत बर्ष मात्र रेकर्ड गरेर बजारमा ल्याइएको रक गायीका सरस्वती लामाको दोश्रो एल्बम उर्वसीको शिर्ष गीत "उर्वसी" ले पहिलो पटक पहिलो नै अवार्ड जित्न सफल भएको छ।
हिमालयन इण्टरनेशनल ग्रुपको आयोजनामा यहि फेब्रवरी १६, २०१८ मा मलेसियामा भएको Himalayan International Nepali Music Award 2017 मा रक-पप गीत फिमेल तर्फ उर्वसी गीतले उत्कृष्ट भएर पहिलो अवार्ड पाएको छ।
अवार्ड प्राप्त पछि मलेसियाबाट खुसी हुँदै गायीका लामाले सम्पूर्ण मतदाता, शुभचिन्तक, आयोजक, निर्णायक, मलेसियाका नेपाली समुदाय सबैलाई धन्वावाद समेत ज्ञापन गर्नुभयो। साथै उर्वसीलाइ राम्रो संगीत दिनुहुने बसन्त सापकोटा, शब्द रचनाका लागि कृष्ण के सी (म आफै) र रेकर्डिङ्मा म्यूजिक एरेन्ज गर्ने बुद्ध स्यांङ्ग्बा, संचारका मित्रहरु, स्टेज सो आयोजक जसले उर्वसीलाइ सबै सामु पुर्यायो अनि सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभएको छ।
लामासँग छोटो समयको भलाकुसारी पछि काठमाण्डौमा एक मिटिङ्ग भयो। Himalayan International Nepali Music Award 2017 मा हुने बिभिन्न प्याट्रनका गीतको प्रतियोगितामा मेरो आफ्नै रचना र रक गायिका सरस्वती लामाको स्वर अनि बसन्त सापकोटाको संगीत रहेको गीत उर्वसीलाई हामी दुवैले संयुक्त रुपमा प्रतिस्पर्धामा दर्ता गराइयो। सायद यो गोल्डेन मौका थियो होला। त्यसपछि प्रतिस्पर्धाका लागि मत माग्ने काम भयो र हजारौं मत प्राप्त भएको "उर्वसी" ले आखिर प्रतिस्पर्धा जित्न सफल भएको छ।
उर्वसी गीत मेरो जिन्दगीको पहिलो गीत रचना हो भने लामाको दोश्रो एल्बमको शिर्ष गीत हो। खुसी र आदर्श दुवै पाएको यो गीतबाट संगीतको दुनियाँमा हाम्रो अर्को ढोका खुल्नेछ भन्ने विश्वास भएको छ।
आयोजकहरुलाइ धेरै-धेरै धन्यवाद र सबैलाइ नमन अनि गायीका सरस्वती लामालाइ धेरै धेरै बधाई!

गीतको यूट्यूब लिंक

https://youtu.be/Z-FdGbjrQ30