-नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन निरौला

नेपाल पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन निरौला

Hollywood Khabar June 15,2021 Comments

लण्डन, जुन १५, २०२१

नेपाल पत्रकार महासंघ युकेको जुममा भएको ५ औं अधिवेशनले महासंघका संस्थापक सदस्य तथा सल्लाहकार बिपिन निरौलाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ। निरौला ब्रिटिशखबर डटकमका संपादक/संचालक तथा नेपाल प्रेस युनियन युकेका संस्थापक संयोजक र अध्यक्ष पनि हुन्।

जुन १५, २०२१ मंगलबार सम्पन्न जुमहल अधिवेशनले सर्वसम्मत निर्वाचित कार्यसमिति अध्यक्षमा बिपिन निरौला, वरिष्ठ उपाध्यक्षमा दर्पण संसार डटकमका संजयभक्त कंडेल, उपाध्यक्षमा च्यानल लण्डनका एभरेष्ट गौतम, महासचिवमा ग्लोबल दैनिक डटकमका कर्मा पहाडी शेर्पा, कोषाध्यक्षमा नेपाल मामिला डटकमका बिमला लिम्बु रहेका छन्। त्यसैगरी सदस्यहरुमा सिलौटी टाइम्स डटकमका खुशी लिम्बु र नेपाल संसार डट कमका मन्दिप केसी रहेका छन।

कार्यसमितिको सचिव र बाँकी सदस्यहरु पछि थप गरिने भएको छ। महासंघका निबर्तमान महासचिब कंडेल, गौतम र केसी प्रेस युनियन सम्बद्ध हुन भने शेर्पा आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) का महासचिब र लिम्बुद्वय पनि फोनिज सम्बद्ध छन्।

गत जुन १३ सम्पन्न पाँचौ अधिवेशनको पोष्टल ब्यालेट भोटिङमा व्यापक धाँधली भएको प्रमाणका आधारमा कृयाशिल पत्रकारहरुले उक्त अधिवेशनलाई अस्वीकार गरी नयाँ कार्यसमिति चयन गरेको हो। पोष्टल ब्यालेटलाइ खोल्दा र मत गणनामा महासंघका प्रतिनिधि, उम्मेदवार र अन्य कसैलाई पनि थाहा नदिएको बताइएको छ।

यसअघि पिडित सदस्यहरुको तर्फबाट प्रेस युनियन युके र युरोपले जुन १३ को अधिवेशनका बारेमा उजुरी गरिसकेको छ। त्यसको सुनवाई भने अझै हुन वाँकी छ।