लेखक अभिमन्यू दिपक 

चार मुक्तक

Hollywood Khabar July 19,2020 Comments

मन फाट्नलाई कारण साना  भए पुग्छ।
ऐनकेन जिउन केवल चाहाना भए पुग्छ।
तिम्रो नजरको नशा त पिएकै छु हरदिन
मदिरा पिउन त के र वहाना भए पुग्छ
,,,,,,,,,,,,,,,,
कस्तो वचन लायौ आँसु झर्यो त्यसैत्यसै
बुझ्नै नसकिने नशा आँसु झर्यो त्यसैत्यसै
लाग्थ्यो आँसु पुछिदिने हातहरु छन्मसंग
एक्लै वस्दा एकान्तमा आँसु झर्यो त्यसैत्यसै 
,,,,,,,,,,,,,,,,,
जता हेर्यो उतै जुटेको देख्छु कहर किन?
भिषण बर्षाले टुटेको देख्छु गाउँघर किन?
महामारी भित्रीयो, त्यसमाथी बाढी पहिरो,
राहत’नि लुटेको देख्छु खै,यस्तो रहर किन?
,,,,,,,,,,,,,,,,,,
टोलाएर एक्लैएक्लै बस्नु राम्रो होईन ।
साथी भित्तो र दलिन त्यो राम्रो होईन ।
आफ्नै जीवनलाई आफै हाँसो नबनाउ,
दिल रित्तो बनाई टक्टकिनु राम्रो होईन।
२०७७।०४।०५