साङ्केतिक तस्बिर:साभार वेब

शुक्रबार विहानै थप ३० जनामा कोरोना संक्रमण पुष्टी:संक्रमितको संख्या ४८७ पुग्यो

Hollywood Khabar May 20,2020 Comments

९ जेठ काठमाडौं।शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण भेटिएको छ। विहिबार साँझ ३ जनामा पुष्टी भएपछि ४ सय ५७ पुगेको कोरोना संक्रमितको संख्या थप ३० सहित ४ सय ८७ जना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन्। त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन्।यता कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।