https://www.youtube.com/embed/rC52-6FQdUU

-महान पर्व दिपावली मनाइंदै छ।

फुलको माला बोलको देउसी भौलो गीत भर्खर मात्र सार्वजनिक

Hollywood Khabar October 27,2019 Comments

नेपालीहरुको महान पर्व विजया दशमी भर्खर मात्र हामीबाट विदा भएर गएको छ । सँगै अर्को महान पर्व दिपावली मनाइंदै छ।

सांगीतीक रुपमा दशैं जत्तिकै महत्व तिहारको पनि हुने गर्दछ। विगत लामो समय देखि यो पर्व र गीत संगीतको विशेष सम्बन्ध रहेको छ। तिहारमा देउसी भौलो गाउने चलन आजको दिन सम्म आउदा पनि रहिरहेको छ ।

यसै अवसरमा कलाकाहरुले नयाँ गीत फुलको माला बोलको देउसी भौलो गीत भर्खर मात्र सार्वजनिक गरेका छन। जुना श्री र दिपक परियारको आवाज रहेको सो गीतको उत्कृष्ट शब्द दिपक कँडेलले सिर्जना गरेका छन भने लय सिर्जना चर्चित सर्जक गणेश अधिकारीले गरेका छन ।

लोकेन्द्र शाहको म्युजिक भिडियो निर्देशन रहेको सो गीतमा दिपक,कोमल र विविको अभिनय रहेको छ । गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।