https://www.youtube.com/embed/eBPqg9H5m6k

-पिडा बेथा बेदनासंगै मुसुक्क हाँसेर गाउने दुर्गा बिसि, सूर्य राना, अन्जु मोक्तान र माया खनालको फुरुरु

पिडा बेथा बेदनासंगै मुसुक्क हाँसेर गाउने दुर्गा बिसि, सूर्य राना, अन्जु मोक्तान र माया खनालको फुरुरु

Hollywood Khabar August 09,2019 Comments

कृष्ण के सी/अमेरिका/८/१०/१९

दैनिक रुपमा बिदेशिएका नेपालीको संख्या जोड्दा एक तिहाइ हुन लाग्यो। धनको रहर र पेटको बाध्यताले देश बाहिर भएता पनि मन र इच्छा भने जन्मस्थानमा नै अड्केको हुन्छ। धर्म, कला र संस्कृति नेपालीका लागि ज्यान हुन्।त्यसैले अलिकति बचेको समय थकानलाइ थन्काएर पनि कला र संस्कृतिमा समय खर्चने बानी सबैको छ।

जवानी र इच्छालाइ भविष्य र आशामा साट्दै बाँचेका नेपालीले आफ्नो कला र धर्म संस्कृतिलाई बिदेशमा पनि मर्न दिएका छैनन्। पाँच दिनको दशैँ पाँच मिनेटमा, तीन दिनको तीहार तीन मिनेटमा र दिनभरिको ल्होसार नाच केहि क्षममा मनाउन पनि पछि परेका छैन न्नेपाली जाति।

तर घर, परिवार, माटो र मायाको मुटु सम्झंदै एक्लै परिश्रम गर्छ नेपाली। कसैलाई बिरामी पर्दा या आपत-विपद पर्दा विदेशी भूमिमा बगाएको रगत र पसिनाको मुठी खोल्छ नेपाली तर फर्कंदा उसैको सुटकेशबाट समृद्ध नेपालको त्रिभुवन बिमान स्थलबाट सामान गुमाउछ नेपाली।

यस्तै पिडा र बेथा र बेदनासंगै मुसुक्क हाँसेर कोइली र न्याउलीले रनबन गाउदै हिड्ने मौलिक लयमा गुनगुनाउदै गायकहरु दुर्गा बिसि, सूर्य राना, अन्जु मोक्तान र माया खनालको तिज गीत फुरुरु आएको छ। लामो समय देखि इजरायललाई आफ्नो कर्म थलो बनाउदै आएका दुर्गा बिसि, सूर्य राना, अन्जु मोक्तान र माया खनालको यो तीज गीत आजको लागि।