गगनसिंह थापाको पाचौं कृति उज्ज्वली

आख्यानकार गगनसिंह थापाको पाँचौ कृति उज्ज्वली बिमोचन हुँदै

Hollywood Khabar July 02,2019 Comments

आख्यानकार गगनसिंह थापाको पाचौं कृति उज्ज्वलीको यहि शुक्रवार काठमाडौंमा वरिष्ठ साहित्यकार डा ध्रुबचन्द्र गौतमबाट एक सार्बजनिक कार्यक्रममा बिमोचन हुदैछ।

यस् अघि सोह्र सौगात (संयुक्त लेखनमा कथा सङ्ग्रह) र कर्णालीको छेउछाउ, मेरो मधुशाला, पू्र्खाको चिट्ठी उपन्यासहरु प्रकाशित गरि सकेका थापाको यो पाचौं कृति हो। कार्यक्रममा प्रशिद्ध लेखकहरु नयनराज पान्डे, महेशबिक्रम शाह र निलम कार्की निहारिकाले पुस्तक माथी टिप्पणी गर्ने छन ।

बुक्सेलर प्रकाशक रहेको पुस्तकको बिमोचन कार्यक्रमको संयोजन किरण क्रीयसन र शब्दघरले गर्दैछन। सुदुर पश्चिम नेपालको जातिय विभेद मुल कथानक रहेको यो पुस्तक लघु उपन्यास हो।