१५ करोडको गाई फार्म अलपत्र पारि सञ्चालक बेपत्ता

0
shares

by Soni Sharma | Updated: 11 Jan 2020

250 views
-अलपत्र गाई फार्म

२७पुस,दोलखा ।दोलखामा  १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ।भीमेश्वर नगरपालिका-८ बोचमा ६ सय क्षमताको दक्षिण एसियाकै ठूलो भन्दै ८ वर्षअघि सुरु गरि दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र छाडेको हो।फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ। नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एवं कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र छाडेर सम्पर्कविहीन छन्।

पब्लिक प्राइभेट पार्टनरसिप पद्धतिबाट सुरु गरिएको गाई फार्ममा सरकारको करिब ८ करोड लगानी छ।फार्ममा बनेका अधिकांश संरचना अलपत्र छन्।गाईपालनका लागि बनेकागोठको भुइँ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याइएको छ। घना जंगल मासेर घाँस खेतीका लागि बारी बनाइएका छन्।अन्तिम चरणमा पुगेको गोठ चार वर्षअघिको भूकम्पले क्षति पुर्‍याएको थियो। भूकम्पले पुर्‍याएको क्षतिपछि फार्मको पुनर्निर्माण भएको छैन। अहिले गाई फार्ममा १० वटा बाख्रा, ३ वटा कुकुर र एक जना कुरुवाबाहेक केही देखिँदैन। फार्म कुरेर बसेका विश्व तामाङले गाई आउँछ भनेर फार्म कुरेको बताए।यो फार्म काठमाडौंबाट एक सय २० किलोमिटरको दूरीमा पर्छ।