गजलशारदा चौलागाईं 

गजल आँखाभित्र बरु आँसु सुकाउला म

Hollywood Khabar July 23,2020 Comments

आँखाभित्र बरु आँसु सुकाउला म
आफै बस्ने मुटु किन दुखाउला म

तिमी नचाहिने आरोप लगाउछौ
मन्को कुरा अन्त कता फुकाउला म

त्यो साथ् चाहिदैन शिखर चुमेपछि
स्वाभिमानी शीर कहाँ झुकाउला म

थोरै बिश्वास अनि आफ्नोपन भए
बाँकी जीवन् अंगालोमा लुकाउला म

तिमी त तिललाई पहाड बनाउँछौ
कतै त्यस्तो मौका फेरि चुकाउला म।