अभिमन्यू

गजल: बाँझीएर गयो जीवनका ती हराभरा फाँटहरु

Hollywood Khabar May 28,2017 Comments

घरिघरि मैतिर आउने कदम अन्तै मोडेपछि
आफ्नै सामु देखादेखि अन्तै नाता जोडेपछि
छाडी जान खोजेको त धेरै भयो तिम्ले प्रिय
के नै बाँकी रहन्छर अब मुटुपनि फोडेपछि
मैले त दशनङ्ग्रा खियाएरनि सक्दो गरेकैथें
आफ्नै हातले जीवनको डोर अनायासै तोडेपछि
मैले भने तिम्रै साथमा रमाउन खोजे सधैं
टुटे सबै सपनाहरु अनायस निन्द्राले छोडेपछि
बाँझीएर गयो जीवनका ती हराभरा फाँटहरु
आफ्नो माटो छाडी अर्कै खेतबारी गोडेपछि