रचनाकार अभिमन्यू दिपक 

गजल दामी हुन मन छ !

Hollywood Khabar September 14,2020 Comments

अमुल्य भन्छन् मान्छेको जिन्दगी त्यसैले दामी हुन मन छ ।
कि कमाउनु धन,कि नाम भन्छन् त्यसैले नामी हुन मन छ ।

यो दिल दिमागमा केवल तिम्रै छ राज्य तिम्रै निर्देशन चल्छ ।
जिन्दगीमा ठुलै परिवर्तन ल्याउने प्रेमिल सुनामी हुन मन छ।

तिम्रो सौन्दर्यको र चातुर्यताको वयान गर्नेको कमी छैन यहाँ ।
ती नशालु दृष्टी,वैंशालु मात छर्ने तिम्रो नयन बदामी हुन मन छ ।

अभिमन्युलाई मायाको चक्रव्युहमा घेरेपछि बाँकी नै के रह्यो र !
तिम्रो साथमा शिखर चुम्दै सफलताको सधैं अग्रगामी हुन मन छ।