दिपक अभिमन्यू

गजल हिजोआज गोर्खालीका दाँत कटकटाउदैन

Hollywood Khabar December 25,2018 Comments

हिजोआज गोर्खालीका दाँत कटकटाउदैन ।
देश रोइरहदा पनि खै ओठ थरथराउदैन ।।

भन्थे बीर नेपाली तातो छ रगत पनि ।
लाग्छ अब त सेलाएछ खै जुर्मुराउदैन ।।

एकएक गरेर पुर्खाले जोरेका टङ्गिनहरु ।
टुक्र्याउँदा अलिकतिनि मन चहराउदैन ।।

नेपालआमा रुँदा मन भक्कानिन्छ साह्रै ।
कसरी भनुँ यो नेपाली मन छटपटाउदैन ।।